ताजा अपडेट
आजदेखि 'द भ्वाइस अफ नेपाल'को तेस्रो सिजन सुरु हुने
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।
यो प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजारबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिने छन् ।
ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२/१२ जना प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । यसअघि कोच रहेकी आस्था राउतको ठाउँमा गुरुङको इन्ट्री भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया