Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अब टिकटकमा ग्रुप च्याट गर्न मिल्ने

अब टिकटकमा  ग्रुप च्याट गर्न मिल्ने

कुनै समय टिकटकको प्रगतिको गतिलाई रोक्न फेसबुकले पनि टिकटकको फिचर नक्कल गर्न खोजेको थियो । अहिले टिकटकले आएर फेसबुकको त्याे क्रियाको प्रतिक्रिया दिन थालेको छ ।

यसै वर्षभित्र टिकटकले पनि आफ्नो शर्ट भिडियो प्लेटफर्ममा नयाँ ग्रुप च्याट अप्सन थप गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।

बाइटड्यान्सले टिकटकलाई सोसल इन्ट्रयाक्सन एपको रुपमा विकास गर्न यसमा ग्रुप म्यासेजिङ फिचर यसै वर्षभित्र थप गर्ने देखिएको छ ।

युवाहरुमाझ निकै लोकप्रिय टिकटकले यो फिचर थप गरेको खण्डमा यसले फेसबुकमाथि ठूलो चुनौती थप गर्ने देखिएको छ । यति मात्र होइन इन्स्टाग्राम आधारित च्याट ग्रुप पनि टिकटकतिर स्थानन्तरण हुनेछन् ।

उक्त च्याट ग्रुपभित्र टिकटकको क्लिप शेयर गर्न सक्ने फिचरले त अझ यसको प्रयाेगलाई पनि बढाउनेछ ।

रोयटर्सका अनुसार टिकटकको चिनियाँ भर्सन डुयानमा त यो फिचर २०१९ देखि नै उपलब्ध भइसकेको छ । अझ उसले त गत वर्षमात्र भिडियो च्याट अप्सन पनि प्रदान गरिसकेको छ । त्यसैले टिकटकमा पनि यो आउने सम्भावना प्रबल छ ।

यदि टिकटकले यो फिचर आफ्नो प्लेटफर्ममा ल्याउने हो भने यसले फेसबुकको वर्चस्वमाथि ठूलो र वास्तविक चुनौति खडा गरिदिनेछ ।

टिकटकमाथि युवाहरुको आकर्षणलाई हेर्दा यदि उनीहरुले फेसबुक र इन्स्टाको सट्टा यसैलाई आफ्नो अन्तरक्रियाको विकल्पमा चयन गरे भने प्रतिस्पर्धी कम्पनीहरुले आफ्नो ग्रिप गुमाउने छन् । 

प्रतिक्रिया