Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अब टिकटकमा ग्रुप च्याट गर्न मिल्ने

अब टिकटकमा  ग्रुप च्याट गर्न मिल्ने

कुनै समय टिकटकको प्रगतिको गतिलाई रोक्न फेसबुकले पनि टिकटकको फिचर नक्कल गर्न खोजेको थियो । अहिले टिकटकले आएर फेसबुकको त्याे क्रियाको प्रतिक्रिया दिन थालेको छ ।

यसै वर्षभित्र टिकटकले पनि आफ्नो शर्ट भिडियो प्लेटफर्ममा नयाँ ग्रुप च्याट अप्सन थप गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।

बाइटड्यान्सले टिकटकलाई सोसल इन्ट्रयाक्सन एपको रुपमा विकास गर्न यसमा ग्रुप म्यासेजिङ फिचर यसै वर्षभित्र थप गर्ने देखिएको छ ।

युवाहरुमाझ निकै लोकप्रिय टिकटकले यो फिचर थप गरेको खण्डमा यसले फेसबुकमाथि ठूलो चुनौती थप गर्ने देखिएको छ । यति मात्र होइन इन्स्टाग्राम आधारित च्याट ग्रुप पनि टिकटकतिर स्थानन्तरण हुनेछन् ।

उक्त च्याट ग्रुपभित्र टिकटकको क्लिप शेयर गर्न सक्ने फिचरले त अझ यसको प्रयाेगलाई पनि बढाउनेछ ।

रोयटर्सका अनुसार टिकटकको चिनियाँ भर्सन डुयानमा त यो फिचर २०१९ देखि नै उपलब्ध भइसकेको छ । अझ उसले त गत वर्षमात्र भिडियो च्याट अप्सन पनि प्रदान गरिसकेको छ । त्यसैले टिकटकमा पनि यो आउने सम्भावना प्रबल छ ।

यदि टिकटकले यो फिचर आफ्नो प्लेटफर्ममा ल्याउने हो भने यसले फेसबुकको वर्चस्वमाथि ठूलो र वास्तविक चुनौति खडा गरिदिनेछ ।

टिकटकमाथि युवाहरुको आकर्षणलाई हेर्दा यदि उनीहरुले फेसबुक र इन्स्टाको सट्टा यसैलाई आफ्नो अन्तरक्रियाको विकल्पमा चयन गरे भने प्रतिस्पर्धी कम्पनीहरुले आफ्नो ग्रिप गुमाउने छन् । 

प्रतिक्रिया