ताजा अपडेट
गौतम जाने, खनाल-नेपालको बहिस्कार, एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक
सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि संसदीय दल र त्यसपछि केन्द्रीय समिति बैठक डाकेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आयोजना गरिएको छ । बिहान १० बजे संसदीय दलको बैठक बसेर त्यसपछि केन्द्रीय समितिको बैठक गर्ने ओलीको तयारी छ ।
बैकका लागि पार्टीका सबै केन्द्रीय समिति सदस्यहरुलाई बोलाइएको छ । तर, हिजो आफ्नो समूहको स्थायी समितिको बैठक गरेको खनाल-नेपाल समूहले भने बालुवाटारमा बस्ने बैठक बहिस्कार गर्ने बताइसकेको छ ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्वको गरेको उक्त समूह ओलीले बालुवाटारमा राखेको कुनैपनि बैठकमा सहभागी नहुने पक्षमा रहेको छ । उनीहरुले बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्नुपर्ने बताउँदै आएका छन् ।
तर, खनाल-नेपाल समूहले बहिष्कारको निर्णय गरेको दुवै बैठकमा पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुने भएका छन् । गौतम केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी हुने भएका हुन् ।
नेता गौतमले शुक्रबार किसान भेलालाई सम्बोधन गर्दै आफू ओलीले बोलाएको बैठकमा गएर आफ्ना मतहरु राख्ने बताएका थिए । उनले खनाल-नेपाल पक्षलाई पनि बैठकमा गएर आफ्ना फरक मत राख्न आग्रह गरेका थिए ।
गत फागुन २८ गते ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै खनाल-नेपाल पार्टीमा समानान्तर गतिविधिमा सक्रिय रहेको छ । गौतम पनि उक्त निर्णयको विरुद्धमा रहेका छन् । उनले बैठकमा आफ्ना धारणा राख्ने बताएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया