ताजा अपडेट
कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।
राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक-पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
२०६२/६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय ५ ।
२०५३ सालमा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए । कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छन् । उनको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया