Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल-खनाल समूहमाथि कारवाहीको तयारीबारे चर्चा, बालुवाटारमा लगालग ओली समूहको बैठक

नेपाल-खनाल समूहमाथि कारवाहीको तयारीबारे चर्चा, बालुवाटारमा लगालग ओली समूहको बैठक

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै छ। शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजेका लागि संसदीय दलको बैठक बस्न लागेको हो भने १२ बजे बालुवाटारमै केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।

दुबै बैठक बालुवाटारमै बस्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बिहीवार बसेको संसदीय दलको बैठकले शनिवारका लागि बैठक बोलाएको थियो। एमालेको संसदीय दलको विधान संसोधनका लागि कार्यदल गठन गरिएकोमा आज कार्यदलले विधानको मस्यौदा बैठकमा प्रस्तुत गर्ने एजेण्डा रहेको भट्टराईले जानकारी दिए।

'कार्यदलले विधान संशोधनको ड्राफ्ट प्रस्तुत गर्ने छ। सर्वोसम्मत भएपछि पास हुन्छ। हामी त्यसलाई केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्छौ, ' उनले भने। केन्द्रीय कमिटीको बैठक भने १२ बजेका लागि बोलाइएको छ।

माधव समूहको शर्त - बालुवाटार बाहिर बैठक

एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहको शुक्रवारको स्थायी कमिटी बैठकले बालुवाटारमा बस्ने बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो। बालुवाटार बाहिर बैठक बोलाइए सोच्न सकिने उक्त समूहको धारणा छ। बिहीवारको संसदीय दलको बैठमा सहभागि हुने नहुनेमा नेपाल-खनाल समूहमा अलमल देखिएको थियो।

अलमल भएपछि केही सांदहरु बाटोबाटै फर्किएका थिए भने केही बालुवाटारको बैठकमा सहभागी भएर फर्किएका थिए। बिहीवारको बैठकमा आफू राष्ट्रिय भेलामा व्यस्त भएकाले सहभागी हुन नसक्ने नेपाल समूहले बताएको थियो। तर, संसदीय दलका प्रमुख सचेतक भट्टराईले बालुवाटार बाहिर बैठकको माग गरेर बाहाना गरेको उनले बताए। 'ठाउँ त के भयो र। उहाँहरुको बाहाना मात्रै हो। बैठकमा के गरिन्छ भन्ने महत्वपूर्ण कुरा हो,' उनले भने।

कारवाहीको चर्चा!

बालुवाटारको बिहीवारको दलको बैठकले संसदीय बैठक बहिस्कार गरेका नेपाल-खनालसहितको २४ सदस्यीय बोर्ड गठन गरेको थियो। बोर्डमा आफ्ना समूहका नेता राखिनुको कुनै अर्थ नभएको उक्त समूहका नेता तथा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। ओली समूहमा नेपाल समूहलाई कारवाही गरेर अगाडी बढ्नुपर्ने आवाज उठिरहेको छ। बिहीवारको बैठकले कारवाहीको निर्णय नगरेको भए पनि त्यसका लागि आवश्यक पर्ने विधानको आधार तय गर्ने निर्णय गरेकाले अब कारवाही प्रक्रिया अघि बढाउन उक्त समूहको तयारी छ। 'सधैं बैठक उनीहरुलाई पर्खेर मात्रै अगाडी बढ्दैन। एउटा निर्णय गर्छ। कमिटीहरुमा मान्छे थपिँदै जान्छन्। उहाँहरु छुट्दै जानुहुन्छ,' भट्टराईले भने।

'कारवाही भोग्न तयार छौं'

चैत ४ र ५ गते ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर ओलीविरुद्ध लाग्न निर्देशन दिएको नेपाल खनाल समूहले कारवाहीका लागि चुनौती दिएको छ। सो समूहका नेता योगश भट्टराईले आफू कारवाहीका लागि तयार भएको बताए। 'उहाँले के गर्न सक्नुहुन्छ भनेर थाहा पाएरै हामीले भेला गरेका हौ। कारवाहीका धम्कीहरु आइरहेका छन्। उहाले कारवाही गर्न सक्नुहुन्छ,' भेला पछिको अन्तक्रियामा भट्टराईले भनेका थिए। प्रधानमन्त्री ओलीविरुद्ध १७ बुँदे राजनीतिक प्रस्ताव पारित गरेर नेपाल-खनाल समूहले समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारी गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ