Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

कमल रावल, चैत ७ अछाम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा आबद्ध अभिकर्ताहरुको भेलाले जिल्ला स्तरिय अभिकर्ता संघ गठन गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैनमा भएको अभिकर्ताहरुको भेलाले यसबर्ष एजेन्सी म्यानेजर बन्नु भएका भक्त्त बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यिय नेपाल लाईफको अभिकर्ता सँघ गठन गरेको हो । जसमा उपाध्यक्ष दिपिका कुँवर, सचिव कमल कुमार रावल, सहसचिव प्रेम खनाल, कोषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी लगाएत अन्य सदस्य रहेका छन । सदस्यमा पवित्रा भण्डारी, कम्मान सिह चलाउने, कृष्ण बहादुर सोडारी, नमराज न्यौपाने, अर्जुन बहादुर कुँवर, इश्वर रावल, नम बहादुर बिष्ट र केशर रावल सदस्य रहेका छन ।

आगामी दिनमा अभिकर्ताको सम्बन्ध सुमधुर सहीत बिमीतलाई अझै आकर्षित पार्न खेल्नसक्ने भमिका निभाउने उद्देश्यका साथ संघ गठन गरिएको जिल्ला अध्यक्ष कुँवरले बताउनु भयो । गठन भेलामा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा अभिकर्ता जनकराज भण्डारीले आर्थिक रकम जम्मा गर्नु नै भविष्यको सम्पती भएकाले सबैले बचत गर्ने बानिको बिकास गर्नुपर्ने बताउनु भयो ।

बिमा कम्पनीमा नागरिकलाई आकर्षित सहीत बिमा गर्ने वातावरण सिजर्ना गर्नु अभिकर्ताको हातमा रहने भएकाले यसमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा यस आर्थिक बर्षमा प्रथम बिमा शुल्क संकलन गरि अछाम उपशाखाबाट एजेन्सी म्यानेजरमा नबिकरण हुन सफल भएका भक्त बहादुर कुँवरलाई वडा अध्यक्ष भण्डारीले दोसल्ला तथा एजेन्सी म्यानेजर ईश्वर रावलले डायरी हस्तान्तरण गर्दै सम्मान गर्नु भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा झण्डै ४ सय ५० भन्दा बढी अभिकर्ता आबद्ध रहेका छन । कार्यक्रमको संञ्चालन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखा प्रमुख पदम बहादुर थ्यायतले गर्नु भएको थियो ।

प्रतिक्रिया