Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न, राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्ननहुने करअधिकृत रोकाय

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न, राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्ननहुने करअधिकृत रोकाय

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न भएको छ । अछाम चेम्बर अफ कमर्सको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा करदाता शिक्षा, अहिलेको अवस्था, कारोबार गर्ने ब्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाईने लगायतका बिषयमा छलफल गरिएको थियो । अछाम चेम्बर अफ कमर्सका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय साफेबगरका कर अधिकृत धर्म बहादुर रोकायले कार्यक्रममा सहभागी ब्यापारी तथा सरोकारवालाले सोध्नु भएको प्रश्नको जवाफ दिनुभएको थियो ।

हाम्रो समाजमा अहिलेपनी कर भन्ने बित्तिकै डराउने प्रचलन रहेकाले करले डराउने नभई कर भनेको हरेक ब्यवसायको भर भएकाले राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्न नहुने उहाको भनाई छ । करले हरेक ब्यक्तिको लगानी सुरक्षित गर्ने भएकाले करदाता शिक्षालाई ग्रामिण क्षेत्र सम्म पु¥याउनुपर्ने अहिलेको आवश्यक्ता रहेको करअधिकृत रोकायले बताउनुभयो । कार्यक्रममा सहभागी ब्यपारीहरुले दोहोरो करनिती हटाउनुपर्ने, करदातालाई सहजहुनेगरि करतिर्ने ब्यवस्था गर्नुपर्ने, करकार्यालयमा दर्ता नगरेरै ब्यावसाय गरिरहेका ब्यापारीहरुलाई करको दायरामा ल्याउनुपर्ने लगायतका माग राखेका थिए ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष खेमजराज ढुंगानाले करदातालाई सहज पार्न आफ्नो शाखाले आगामी दिनमा गतिविधि संञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा उद्योगबाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासमियक अधिकृत खगेन्द्र बहादुर सोडारी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संञ्चालन दिपक रावलले गर्नुभएको थियो 

प्रतिक्रिया