Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाले सम्पादन गरेका क्रियाकलापको बारेमा जानकारी गराई पारदर्शीता कायम गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशीले स्वागत सहित आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमका साथै पालिकाले गरेको समग्र प्रगती विवरणको बारेमा जानकारी गराउनुभएको थियो । पालिकाको गत आर्थिक बर्ष ०७६/७७ मा ३५ करोड ३० लाख, १० हजार, ६ रुपैयाँ, ६२ पैसा मध्य २८ करोड, १३ लाख, १० हजार, ९ सय, ७१ रुपैयाँ, ८ पैसा मध्यको जम्मा ८० प्रतिशत बजेट खर्च भएको छ । पालिकाले विशेषगरी गत आर्थिक बर्षमा आर्थिक, भौतिक, शैक्षिक, कृषि, पशु, स्वास्थ्य, सुशासनलगायतका थुप्रै क्षेत्रमा प्रगति गरेको विवरण सार्वजनिक गरिएको छ ।

यसैबिच पालिकामा कर्मचारीहरुको व्यवस्थापन गरी नागरिकहरुका काम कार्यहरु छिटो, छरितो तरिकाले सन्चालन गरिरहेको छ । स्वास्थ्यको क्षेत्रमा कोरोना रोगलाई फैलिन नदिनका लागि सक्रियताका साथ नियन्त्रणमामा भुमिका निर्बाह गरेको, आरडिटी , पिसिआर परिक्षणको दायरा फराकिलो बनाएर परिक्षण लाई बढवा दिएको, सबै वडाहरुमा औषधि उपलब्ध गराएको लगायतका अन्य विवरण समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागीहरुले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, समन्धित शाखा र जनप्रतिनिधिहरु सङ्ग बिभिन्न जिज्ञासाहरु राखेका थिए ।

सहभागीहरुले पालिकाले आर्थिक बर्षमा गरेका आर्थिक, भौतिक, शैक्षिक, कृषि, पशु, स्वास्थ्य, सुशासन ल, न्याकिय समितीले गरिरहेका कामहरु लगायतका थुप्रै क्षेत्रमा बिकास निर्माणका कामहरुको बारेमा जिज्ञासा राखेका हुन । कार्यक्रममा सहभागीहरुका जिज्ञासाहरुको जवाफ दिदै पालिकाले हरेक बिकास निर्माणका कामहरूमा फड्को मारेको बताउनुभयो । बिगतका बर्षहरु भन्दा यो बर्ष विभिन्न बिकास निर्माणका सङ्रचनाहरु निर्माण, आर्थिक, भतिक, शैक्षिक, स्वास्थ, खानेपानी सडक निर्माण लगायतका अन्य विभिन्न कार्यहरु गर्दै अगाडि बढेको दाबी गर्नुभयो ।

सार्वजनिक सुनिवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र बहादुर खड्काले समृद्ध गाउँपालिका बनाउनका लागि आफुहरु निरन्तर रुपमा सक्रियताका साथ लागिरहेको बताउदै हरेक क्षेत्रलाई सम्बोधन गर्दै अघि बढेको बताउनु भएको छ । हरेक कामहरुमा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु लाई दोष थुपार्नु भन्दा पनी वडा तहमा बिकासका लागी थुप्रै बजेट आएकाले सबैले कार्यान्वयन गर्दै लैजानु पर्नेमा उहाँको जोड थियो पालिकाका सबै वडाहरुमा बिकास निर्माणका कामहरुले फडको पारेकाले आउने दिनमा समृद्ध वडा र पालिका बनाउनको लागि आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर एकजुट भैइ काम गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

बिदेश बाट आएका वेरोजगार युवाहरु लाई रोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको भन्दै लाभ लिन आग्रह गर्नुभयो । पालिकाले वेरोजगार युवाहरु लाई रोजगार बनाउनका लागि अध्यक्ष स्वरोजगार कार्यक्रम सन्चालन गरेको भन्दै आफ्ना आवश्य मागहरु लिएर पालिकामा निवेदन दिन समेत गाउँपालिका अध्यक्ष खड्काको आग्रह थियो । साथै उहाँले पालिकाको न्यायिक समितीमा आउने हरेक गुनासाहरुको सम्बोधन गर्ने गरेको बताउनुभयो । आउने दिनमा जनताहरुलो सहजताको लागि काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता उहाँको थियो । यसैबिच कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले पालिकाले हरेक बिकास निर्माणका कामहरूमा फड्को मारेको बताउनुभयो ।

बिगतका बर्षहरु भन्दा यो बर्ष विभिन्न बिकास निर्माणका सङ्रचनाहरु निर्माण, आर्थिक, भौतीक, शैक्षिक, स्वास्थ, खानेपानी सडक निर्माण लगायतका अन्य विभिन्न कार्यहरु गर्दै अगाडि बढेको दाबी गर्नुभयो । साथै उहाँले पालिकाको न्यायिक समितीमा आउने हरेक गुनासाहरुको सम्बोधन गर्ने गरेको बताउनुभयो । आउने दिनमा पालिकाका जनताहरुको सहजताका लागि काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता उहाँको थियो । कार्यक्रममा पालिकाका सबै वडाका अध्यक्षहरु, गाउँ सभा सदस्य, नागरिक समाजका प्रतिनिधि, पालिकाका कर्मचारी, पत्रकार, प्रहरी, स्थानिय सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार मेनुका ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया