Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गाउँपालिकाले पढाउँदैछ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

गाउँपालिकाले पढाउँदैछ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

कालिकोटको पचालझरना गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । ‘सुनौलो भविष्य बोकेका युवायुवतीसँग अध्यक्ष कार्यक्रम’ मार्फत् विद्यार्थीलाई नायव सुब्बा र खरिदारको तयारी गराउन लगाएको हो । गाउँपलिकाका १ देखि ९ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको गाउँपालिकाले जनाएको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा ३५ देखि ४० जना विद्यार्थीलाई अध्ययन गराउन लागेको बताएको हो । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले आउने लोकसेवाको परीक्षालाई लक्षित गरी ३ महिनासम्म गाउँपालिकाले पढ्ने व्यवस्था मिलाएको बताए । विद्यार्थीलाई अध्ययन गराउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रकम छुट्याएको छ । जसमा अध्ययन खर्च गाउँपालिकाको रहने छ भने अन्य व्यवस्थापकीय खर्च विद्यार्थीले आफैं गर्नुपर्ने बताइएको छ । 

‘हामीले सबै वडालाई प्राथमिकतामा राखेर विद्यार्थी छनोट गरेर अध्ययन गराउने छौँ,’ अध्यक्ष सेजुवालले भने, ‘वडाले सिफारिस गरेका विद्यार्थीलाई पढाउने छौँ । निजामती कर्मचारीको अभाव रहेको हाम्रो गाउँपालिकामा कार्यक्रमले धेरै राहत प्रदान गर्ने विश्वास लिएको छु ।’ 

कमजोर विद्यार्थीलाई गाउँपालिकाले नै ट्युसन पढाउने भन्दै सेजुवालले आगामी दिनमा प्राविधिक शिक्षा अध्ययन समेत गराउने बताए । ‘गाउँपालिका भित्र लोकसेवा पास गरेर मानिस नहुँदा गाउँपालिकाले लामो समयसम्म कर्मचारीबिहीन हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘अब हामी युवालाई उत्साहका साथ लोकसेवा अध्ययन गराएर गाउँमा नै पर्याप्त मात्रामा निजामती कर्मचारीको उत्पादन गर्न चाहन्छौँ ।’

गाउँपालिका स्थापनाकालदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै अध्यक्ष सेजुवालले गाउँपालिकाको प्रत्येक वडामा मावि तह अध्ययन सुरु गराउने, पढाइमा गुणस्तरता ल्याउनका लागि विद्यालय परीक्षा नीतिमा कडाइ गर्ने समेत बताए । पचालझरना गाउँपालिकाका स्थानीयले वीरेन्द्रनगरमा सञ्चालन गरिए पचालझरना एजुकेसनल एकेडेमी प्रालि वीरेन्द्रनगर–३ मार्फत अध्ययन गराइने छ ।

प्रतिक्रिया

ट्रेन्डिङ