Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

गाउँपालिकाले पढाउँदैछ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

गाउँपालिकाले पढाउँदैछ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

कालिकोटको पचालझरना गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । ‘सुनौलो भविष्य बोकेका युवायुवतीसँग अध्यक्ष कार्यक्रम’ मार्फत् विद्यार्थीलाई नायव सुब्बा र खरिदारको तयारी गराउन लगाएको हो । गाउँपलिकाका १ देखि ९ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको गाउँपालिकाले जनाएको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा ३५ देखि ४० जना विद्यार्थीलाई अध्ययन गराउन लागेको बताएको हो । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले आउने लोकसेवाको परीक्षालाई लक्षित गरी ३ महिनासम्म गाउँपालिकाले पढ्ने व्यवस्था मिलाएको बताए । विद्यार्थीलाई अध्ययन गराउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रकम छुट्याएको छ । जसमा अध्ययन खर्च गाउँपालिकाको रहने छ भने अन्य व्यवस्थापकीय खर्च विद्यार्थीले आफैं गर्नुपर्ने बताइएको छ । 

‘हामीले सबै वडालाई प्राथमिकतामा राखेर विद्यार्थी छनोट गरेर अध्ययन गराउने छौँ,’ अध्यक्ष सेजुवालले भने, ‘वडाले सिफारिस गरेका विद्यार्थीलाई पढाउने छौँ । निजामती कर्मचारीको अभाव रहेको हाम्रो गाउँपालिकामा कार्यक्रमले धेरै राहत प्रदान गर्ने विश्वास लिएको छु ।’ 

कमजोर विद्यार्थीलाई गाउँपालिकाले नै ट्युसन पढाउने भन्दै सेजुवालले आगामी दिनमा प्राविधिक शिक्षा अध्ययन समेत गराउने बताए । ‘गाउँपालिका भित्र लोकसेवा पास गरेर मानिस नहुँदा गाउँपालिकाले लामो समयसम्म कर्मचारीबिहीन हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘अब हामी युवालाई उत्साहका साथ लोकसेवा अध्ययन गराएर गाउँमा नै पर्याप्त मात्रामा निजामती कर्मचारीको उत्पादन गर्न चाहन्छौँ ।’

गाउँपालिका स्थापनाकालदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै अध्यक्ष सेजुवालले गाउँपालिकाको प्रत्येक वडामा मावि तह अध्ययन सुरु गराउने, पढाइमा गुणस्तरता ल्याउनका लागि विद्यालय परीक्षा नीतिमा कडाइ गर्ने समेत बताए । पचालझरना गाउँपालिकाका स्थानीयले वीरेन्द्रनगरमा सञ्चालन गरिए पचालझरना एजुकेसनल एकेडेमी प्रालि वीरेन्द्रनगर–३ मार्फत अध्ययन गराइने छ ।

प्रतिक्रिया