Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

४० वर्षपछि रिहा भए दुर्गाप्रसाद

४० वर्षपछि रिहा भए दुर्गाप्रसाद

कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइरहेका दुर्गाप्रसाद रिहा भएका हुन्।

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली  महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो।  अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका छन्। 

चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए। उनलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन्। २०३७ सालमा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्थे। 

जेलबाट छुटेपछि बाहिरी संसार देख्न पाएका उनले सञ्चारकर्मीले सोधेका प्रश्नको कुनै जवाफ दिएनन्। उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकार उपस्थित थिए।

कारागारबाट निस्किएपछि उनलाई रसबरी दिइएको थियो। रसबरीको बट्टा नै हातमा दिएर उनका शुभचिन्तकले ‘तपाईंकी आमालाई लगिदिनुहोस्’ भनेको एक भिडियोमा सुन्न सकिन्छ। 

प्रतिक्रिया