Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सोधियो एमालेका चार नेतालाई स्पष्टीकरण, नेपाल समूहलाई पेल्ने बालुवाटार बैठकको निर्णय

सोधियो एमालेका चार नेतालाई स्पष्टीकरण, नेपाल समूहलाई पेल्ने बालुवाटार बैठकको निर्णय

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

यसरी स्पष्टीकरण सोधिने नेतामा वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन्।  चारजना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीको भनाइ छ। चार नेतालाई स्पष्टीकरण सोध्नुपर्ने कारणको व्याख्या प्रवक्ता ज्ञवालीले लामै गरेका छन्। उनले पार्टीको आन्दोलनलाई कमजोर पार्न गुटगत गतिविधि गरेको, नेतृत्व विस्थापित गर्ने काममा लागेको र विभाजनकारी गतिविधि गरेकाले स्पष्टीकरण सोध्नु पर्नेको बताएका छन्। 

‘नेकपा एमालेलाई कमजोर गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने, विचार र सही नेतृत्वलाई विस्थापित गर्ने निक्कै धेरै प्रयत्नहरु भए। तर, आम जनताको साथ, नेताहरुको दृढता र कार्यकर्ताको सक्रियताको बलमा हामीले ति सबै षड्यन्त्रलाई परास्त गर्दै आन्दोलनलाई  पुनर्जीवित गरेका छौँ। अब आन्दोलन नयाँ ढंगले अगाडि बढ्छ’, प्रवक्ता ज्ञवालीले भने, ‘यसो गर्नेक्रममा जो–जो नेताहरु यो आन्दोलनलाई भित्रैदेखि कमजोर गर्न गुटगत क्रियाकलापमा लाग्नुभयो, विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेतृत्व विस्थापित गर्ने काममा लाग्नुभयो, आन्दोलनलाई जनताका माझमा बद्नाम गर्ने, आन्दोलनप्रति अनास्था र वितृष्णा गर्ने काममा लाग्नुभयो। त्यो विषयलाई पार्टीले अत्यान्त गम्भीरतापूर्वक लिएको छ।’ 

ज्ञवालीले त्यो गतिविधिलाई आत्मसमीक्षा गरेर आउनेलाई पार्टीमा स्वागत गर्ने बताएका छन्। उनले चार नेतालाई भने स्पष्टीकरण मात्र सोधिएको प्रष्ट पारे। पहिलो चरणमा स्पष्टीकरण सोधिएको र त्यसको जवाफ नआए त्यसपछि अरु विषयमा निर्णय हुने उनको भनाइ छ। 

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा फैसला नगर्दासम्मको अवस्थालाई फरक ढंगले हेरिएको र त्यसपछिको अवस्थालाई अलग ढंगले हेरिएको ज्ञवालीको भनाइ छ। विशेष गरी नेता नेपाल, रावल, पाण्डे र भुसाललाई एमालेको ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला पार्टी निर्देशन विपरित गरेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ। फागुन २३ पछिका गुटगत गतिविधिलाई सम्य मान्न नसकिने उनले प्रष्ट पारे। गुटगत भेलामा मुख्यतया जिम्मेवार रहेका चार नेतालाई स्पष्टीकरण सोधिएको उनको दाबी छ। 

‘आत्मसमीक्षा गर्दै आउने साथीहरुलाई स्वागत गर्न सकिन्छ। पार्टीले उहाँहरुलाई आउनका निम्ति आह्वान पनि गरेको छ। फागुन २३ गतेभन्दा अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला। तर,  त्यस पछाडि पनि लगातार गुटबन्दी गरिरहने कुरालाई भने कदापी पनि क्षम्य मान्न सकिँदैन। क्षमा दिन सकिँदैन’, ज्ञवालीले भने, ‘पार्टीको नाममा त्यस्तो भेला गर्न पाइँदैन भनेर स्पष्ट निर्देशन हुँदाहुँदै पनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो यो असाध्यै गम्भीर  अनुशासन विपरितको विषय भको हुनाले यस्तो गुटगत क्रियाकलापमा मुख्यतया जिम्मेवार रहनु भएका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टिकरण माग्ने निर्णय पनि गरेको छ। बाँकी साथीहरुको हकमा उहाँहरुले गम्भीर रुपमा आत्मसमीक्षा गरेर पार्टीमा फर्किने विश्वास पार्टीले गरेको छ।’  

प्रतिक्रिया