Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टी–ट्वान्टी सिरिज भारतलाई

टी–ट्वान्टी सिरिज भारतलाई

घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो ।
 
भारतले पाँच खेलको रिसिजमा ३–२ को जित हात पारेको हो । अहमाबादमा भएको खेलमा भारतले दिएको २२५ रनको लक्ष्य इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो ।
 
इङ्ल्यान्डका लागि जोस बट्लस र डेभिड मलानले अर्धशतकीय पारी खेले । ४६ बल खलेका मलानले ९ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै ३४ बल खेलेका बट्लरले २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।
 
त्यस्तै वेन स्टोक र श्याम करनले समान १४–१४ रन बनाए । बलिङतर्फ भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट हात पारे ।
 
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि रोहित शर्मा र विराट कोहलीले अर्धशतकीय पारी खेले । 

५२ बल खेलेका कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८० रन बनाए । त्यस्तै ३४ बल खेलेका रोहितले ४ चौका र ५ छक्काको सहयोगमा ६४ रन बनाए । 

यसअघि, पहिलो टी–ट्वान्टी ८ विकेटले हारेको भारतले दोस्रो टी–ट्वान्टीमा ७ विकेटको जित निकालेको थियो । तेस्रो टी–ट्वान्टीमा इङ्ल्यान्डले ८ विकेटको जित निकाल्दा चौथो र पाँचौंमा भारतले जित निकाल्यो । 

प्रतिक्रिया