Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न सक्दैन - देउवा

ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न सक्दैन - देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । 

कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए ।

‘ओली सरकार अहिले पनि बहुमतमै छ । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता भएको छैन,’ देउवाले प्रश्न गरे, ‘यस्तो अवस्थामा कांग्रेस कुन तरिकाले सरकारमा जाने ?’ जनताले तेस्रो बनाएका हुन्, सरकारमा गएन किन भन्ने ?

देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएकोप्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे । आफू अहिले प्रधानमन्त्री बन्न लालायित नभएको बताए । तर, जिम्मेवारी आए नभाग्ने जिकिर गरे । 

जनताको सेवा गरे सजिलै बहुमत आउँछ
सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता– कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए । देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो । ‘हिजो जनताले भोट नदिएकाले हामीले हार्‍यौँ, त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ,’ देउवाले भने, ‘जनता देशका मालिक हुन्, सार्वभौमसत्ता सम्पन्न छन् । जसले जनताको सेवा गर्‍यो त्यसले चुनाव जित्ने हो ।’ उनले जनताको सुख–दुःखमा साथ दिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया