ताजा अपडेट
सुनसरीका डीएसपी कार्कीमाथि कुटपिटको आरोप
झापा चैत्र ८
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीमाथि कुटपिट गरेको आरोप लागेको छ । डीएसपी कार्कीले कार्यकक्षमा बोलाएर आफूमाथि कुटपिट गरेको सुनसरीको देवानगञ्जका नारायण मेहताले आरोप लगाएका छन् । शनिबार पीडितले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूमाथि कुटपिट भएको बताएका हुन् ।
मेहताले भने, ‘आफन्तमाथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको थिएँ । सोही विषयलाई लिएर बढी बोलिस, तै भँडुवा होस भनेर डीएसपीले आफ्नो कार्यकक्षमा बोलाएर ढोका थुनी कुटपिट गरे ।’
मेहताले आफुमाथि चैत्र ५ गते कुटपिट गरिएको बताए । उनले आफन्त लक्ष्मण र सीताकुमारी मेहतामाथि भएको कुटपिटको घटनालाई प्रहरीले ढाकछोप गर्न खोजेको समेत आरोप लगाएका छन् । उता कुटपिटको आरोप लगाइएका डिएसपी कार्कीले आँफूले कोही कसैमाथि हातपात वा दुर्व्यवहार नगरेको बताएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया