ताजा अपडेट
श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी आत्महत्या
झापा चैत्र ८
इलाम–३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् ।
पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।
टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए । घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको जानइएको छ । श्रीमती कमला राईको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया