ताजा अपडेट
अछाममा भिर बाट लडेर ७ बर्षिय बालिकाको मृत्यु
अछाम- भिर बाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको चन्डाली निवासी ७ बर्षिय बालिका आयुशा ठकुल्लाको भिर बाट लडेर ज्यान गएको हो ।
स्थानिय जनक ठकुल्लाको छोरी आयुशाको बिहान घर बाट विध्यालय जाँदै गर्दा भिरबाटो भन्ने ठाउँ बाट करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते बालिका लाई उपचारका लागि बयलगडा अस्पताल लिने तयारी गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।
विध्यालय जाने क्रममा भिरमा काटेको सडकको छेउ बाट हिन्दै गर्दा खुट्टा चिप्लिएर भिर बाट लडेको प्रत्यक्षदर्सिले बताएका छन् ।
मृतक बालिका ऐश्वर्य माध्यामिक विध्यालय दर्नामा कक्षा २ मा अध्ययनरत थिईन । उनको आजै दाहस्कार गरिएको आफन्तले बताएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया