Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

अछाम - अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। 

घटना चैत ३ गतेको भए पनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ खड्काले युवराजलाई कुटपिट गरेको पिडितले बताएका छन्। उनले भने,‘गणित विषय निकै गाह्रो लाग्छ, सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो। मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो त्यसपछि कान फुट्ने गरी हान्नुभयो। त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट दौडिएर भागें।’

टाउको र कान दुखेकोले विद्यालय जान नसकेको उनले बताए। प्र।अ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरेका छन्। उनले भने,‘विद्यार्थी उच्छृङ्खल थियो। गृहकार्य गरेको थिएन। दुई झापड हानेको हो।’अभिभावक र विद्यार्थीको दबाबका राजीनामा दिएको तर राजिनामा स्वीकृत नभएको उनले बताए।  

यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन्। वडाध्यक्ष गणेश खड्काले विद्यार्थी कुटपिट भएको घटना समेत राजनीतिकरण हुन थालेको बताए। उनले भने,‘यस्तो कुटपिटको घटना विद्यालयमा धेरै पटक भइसकेको छ, अभिभावकहरुले डरले भन्दैनन्, गल्ति गर्नेलाई कारवाही हुनुपर्छ। होमवर्क नगरेको भन्दै यसरी कुटपिट गर्न पाइँदैन। कतिपय उनको बचाउमा लागेका छन्।’

प्रतिक्रिया