Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते

अछाम - अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। 

घटना चैत ३ गतेको भए पनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ खड्काले युवराजलाई कुटपिट गरेको पिडितले बताएका छन्। उनले भने,‘गणित विषय निकै गाह्रो लाग्छ, सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो। मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो त्यसपछि कान फुट्ने गरी हान्नुभयो। त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट दौडिएर भागें।’

टाउको र कान दुखेकोले विद्यालय जान नसकेको उनले बताए। प्र।अ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरेका छन्। उनले भने,‘विद्यार्थी उच्छृङ्खल थियो। गृहकार्य गरेको थिएन। दुई झापड हानेको हो।’अभिभावक र विद्यार्थीको दबाबका राजीनामा दिएको तर राजिनामा स्वीकृत नभएको उनले बताए।  

यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन्। वडाध्यक्ष गणेश खड्काले विद्यार्थी कुटपिट भएको घटना समेत राजनीतिकरण हुन थालेको बताए। उनले भने,‘यस्तो कुटपिटको घटना विद्यालयमा धेरै पटक भइसकेको छ, अभिभावकहरुले डरले भन्दैनन्, गल्ति गर्नेलाई कारवाही हुनुपर्छ। होमवर्क नगरेको भन्दै यसरी कुटपिट गर्न पाइँदैन। कतिपय उनको बचाउमा लागेका छन्।’

प्रतिक्रिया