ताजा अपडेट
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।
भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय भत्किएको थियो। त्यसपछि २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा सरेको थियो।
अब धुम्बाराहीबाट थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको एक नेताले बताए। उनका अनुसार बुधबार घरधनीसँग सम्झौता हुन लागेको छ।
अहिले दोस्रो चरणको चक्रपथ विस्तार भइरहेको छ। जसले गर्दा कार्यालय आउन जान अप्ठ्यारो भएपछि थापाथली सर्न लागिएको जनाएको छ।
एमाले नयाँ कार्यालय सार्ने जिम्मेवारी विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ। उनीहरुले नै थापाथलीमा कार्यालयका लागि कुराकानी गरेका हुन्।
एमालेले बल्खुस्थित कार्यालय पनि पुनःनिर्माण गर्ने भएको छ। त्यसको आगामी वैशाख ९ गते शिलान्यास गर्ने तयारी छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया