Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १० असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

जिल्ला प्रशासन कार्यालय अछामद्धारा आज राती १२ बजेदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय अछामद्धारा आज राती १२ बजेदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा जारी

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले आंशिक निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ को संक्रमण बढेसंगै यसको जोखिम नेपालमा हुन सक्ने भन्दै सर्तकताका लागि आशिंक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

तराईका जिल्ला तथा भारतमा अछाम जिल्लाका नागरिकहरुको आवत जावत बढी हुने भएकाले कोभिडको जोखिम बढी भएर जनस्वास्थ्यमा गम्भिर असर हुने भन्दै सर्तक रहन जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाबासीमा अनुरोध गरेको छ ।

आउदै गरेको फागु पूर्णिमा लगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रामा भिडभाड भेला जुलुस नर्गन, धार्मिक तथा सामाजिक क्षेत्रमा भौतिक दुरी कायम गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न, मानिसको आवागमन बिहान ४ देखि बेलुका १० बजेसम्म मात्र गर्न अनुरोध गरेको छ ।

यस्तै ज्वरो आएमा यात्रुहरुको मलेरिया सम्भव भए कोभिड १९ को एण्टीजेन परिक्षण गर्न, सबै कार्यालय, संघ संस्था, बिद्यालहरुमा सेनिटाईजर, मास्कको प्रयोग र भोतिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

बैठक गोष्ठी वा सेमिनार सम्भव भएसम्म भर्चुअल गर्न लगायतका सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ । उक्त आदेशको अवज्ञा भए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी रुद्र मल्लद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश निर्देशनालयबाट निर्देशन भएबमोजिम ्जिल्ला प्रशासन सुरक्षा समिती र जिल्ला कोभिड १९ संकट व्यावस्थापन समितिको बैठकको निर्णय अनुसार आज बुधबार राति १२ बजे देखि लागु हुने गरि अर्को व्यावस्था नभए सम्मका लागि आंशिक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरि उक्त निर्णय गरि शर्तहरु लागु गरिएको अधिकारी तिमिल्सैनाले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ