Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

जिल्ला प्रशासन कार्यालय अछामद्धारा आज राती १२ बजेदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय अछामद्धारा आज राती १२ बजेदेखि लागु हुने गरी आंशिक निषेधाज्ञा जारी

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले आंशिक निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ को संक्रमण बढेसंगै यसको जोखिम नेपालमा हुन सक्ने भन्दै सर्तकताका लागि आशिंक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

तराईका जिल्ला तथा भारतमा अछाम जिल्लाका नागरिकहरुको आवत जावत बढी हुने भएकाले कोभिडको जोखिम बढी भएर जनस्वास्थ्यमा गम्भिर असर हुने भन्दै सर्तक रहन जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाबासीमा अनुरोध गरेको छ ।

आउदै गरेको फागु पूर्णिमा लगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रामा भिडभाड भेला जुलुस नर्गन, धार्मिक तथा सामाजिक क्षेत्रमा भौतिक दुरी कायम गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न, मानिसको आवागमन बिहान ४ देखि बेलुका १० बजेसम्म मात्र गर्न अनुरोध गरेको छ ।

यस्तै ज्वरो आएमा यात्रुहरुको मलेरिया सम्भव भए कोभिड १९ को एण्टीजेन परिक्षण गर्न, सबै कार्यालय, संघ संस्था, बिद्यालहरुमा सेनिटाईजर, मास्कको प्रयोग र भोतिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

बैठक गोष्ठी वा सेमिनार सम्भव भएसम्म भर्चुअल गर्न लगायतका सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ । उक्त आदेशको अवज्ञा भए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी रुद्र मल्लद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश निर्देशनालयबाट निर्देशन भएबमोजिम ्जिल्ला प्रशासन सुरक्षा समिती र जिल्ला कोभिड १९ संकट व्यावस्थापन समितिको बैठकको निर्णय अनुसार आज बुधबार राति १२ बजे देखि लागु हुने गरि अर्को व्यावस्था नभए सम्मका लागि आंशिक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरि उक्त निर्णय गरि शर्तहरु लागु गरिएको अधिकारी तिमिल्सैनाले बताए ।

प्रतिक्रिया