ताजा अपडेट
आधा शरीर जलेको र खुट्टा काटिएको अवस्थामा महिलाको शव फेला
रौतहट- रौतहटको यमुनामाई गाउँपालिकामा एक महिलाको आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ।
बिहीबार यमुनामाई गाउँपालिका–५ झुनखुनुवाटोलको खेतमा नाम वतन नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
सो गाउँपालिकाको झुनखुनवा र मोतीपुर गाउँबीच रहेको सुन्दर साहको खेतमा रहेको भुसमा आगो लगाएको र सोही भुसको आगोमा शव भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
महिलालाई हत्या गरी मसुरोको भुसमा आगो लगाएर प्रमाण नष्ट गर्ने उद्देश्यले सो घटना गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको मद्दतमा चाँडै दोषी पक्राउ गरी कारबाही गरिने डिएसपी श्रेष्ठले बताए।
महिलाको एउटा खुटा काँटिएको, आधा शरीर जलेको अवस्थामा शव फेला परेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया