ताजा अपडेट
नेपाल निजामती कर्मचारी युनियन संघद्वारा होलीको शुभकामना आदानप्रदान
अछाम -नेपाल निजामती कर्मचारी युनियन संघद्वारा होलीको शुभकामना आदानप्रदान
नेपाल निजामती कर्मचारी युनियन संघको आयोजनामा होलीको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युनानी संघ अछामका अध्यक्ष झपटराज ढुंगानाको अध्यक्षतामा भएको बैठकमा नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार रहनु भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य अम्बिका चलाउने, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुुँवर , जिल्ला उपसभापति नयाँराम बजगाईलगायतको सहभागिता रहेको थियो ।
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समेत रहेको निजामती कर्मचारी युनियन संघले नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसले निजामती कर्मचारीको हकहितका लागि लागि पर्ने सभापति स्वाँरले बताउनु भयो ।
निजामती कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष गोविन्द प्रसाद देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव गोविन्द गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध सम्पूर्ण कर्मचारीको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया