ताजा अपडेट
बैतडीका एक युवक घाँटीमा गोली लागेर गम्भीर घाइते
बैतडी - जिल्लामा गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो ।
चन्दको घाँटीमा गोली लागेको छ ।घाइते चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।
‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’
घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ गएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया