Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

निर्मला हत्या प्रकरण: २० दिनभित्र अपराधी नियन्त्रणमा आउने प्रहरीको दाबी

निर्मला हत्या प्रकरण: २० दिनभित्र अपराधी नियन्त्रणमा आउने प्रहरीको दाबी

धनगढी- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ । लामो समयदेखि घटनाको सूक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको बलात्कार तथा हत्यामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए । ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा पुगेका छौँ, पात्रभन्दा पनि प्रमाण संकलनको चरणमा छौँ’, उनले भने ।

डिआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटनाबारे विश्वासिला सूचना प्राप्त भई घटनाको अनुसन्धान अन्तिमतिर पुगेको बताए । उनले अब करिब १५–२० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशील रहेको र सकभर यो महिनाभित्र निर्मला घटनाबारे निष्कर्षमा पुग्ने जिकिर गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुंगोमा पुग्ने दाबी गरे । ‘निर्मला प्रकरणको अब महिना हैन, दिन गणना सुरु भइसकेको छ । केही दिनभित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने ।

०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया