Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निर्मला हत्या प्रकरण: २० दिनभित्र अपराधी नियन्त्रणमा आउने प्रहरीको दाबी

निर्मला हत्या प्रकरण: २० दिनभित्र अपराधी नियन्त्रणमा आउने प्रहरीको दाबी

धनगढी- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ । लामो समयदेखि घटनाको सूक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको बलात्कार तथा हत्यामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए । ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा पुगेका छौँ, पात्रभन्दा पनि प्रमाण संकलनको चरणमा छौँ’, उनले भने ।

डिआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटनाबारे विश्वासिला सूचना प्राप्त भई घटनाको अनुसन्धान अन्तिमतिर पुगेको बताए । उनले अब करिब १५–२० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशील रहेको र सकभर यो महिनाभित्र निर्मला घटनाबारे निष्कर्षमा पुग्ने जिकिर गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुंगोमा पुग्ने दाबी गरे । ‘निर्मला प्रकरणको अब महिना हैन, दिन गणना सुरु भइसकेको छ । केही दिनभित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने ।

०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया