Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

होलीमा झडप प्रकरण: भीरबाट खसालेर २ जनाको मृत्यु

होलीमा झडप प्रकरण: भीरबाट खसालेर २ जनाको मृत्यु

काठमाडौं- बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र गुल्मीको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा निसीखोला गाउँपालिका वडा ७ का दुई जनाको मृत्यु भएको खत्रीले बताए। मृत्यु भएकामा प्रकाश कुँवर र दीपक दमाइ रहेको प्रहरीले जनाएको छ। उनीहरुको शवलाई अहिले प्रहरीले बुर्तिवाङ ल्याएको र पोस्टमार्टम गरिने प्रक्रियामा रहेको छ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए। आइतवार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। बेपत्ताबारे अझै यकिन हुने नसकेको वडाध्यक्ष खत्रीले बताए। हामी बिहान घटनास्थलतर्फ जाँदैछौ। भीरमा दुई जनाको बाहेक अरु शव भेटिएको छैन। त्यहाँ पुगेर खोजतलासपछि बेपत्ताबारे थाह लाग्छ, वडाध्यक्ष खत्रीले  भने।

प्रतिक्रिया

ट्रेन्डिङ