ताजा अपडेट
सगरमाथा आरोहणका लागि थप १५ जनाले पाए अनुमति
काठमाण्डौ - पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति दिएको छ । सोमवार ६ जना महिलासहित १५ जना सम्मिलित एउटा समूहलाई आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छन् ।
योसहित आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३१ पुगेको छ । यसअघि बहराइनका राजदूतसहित १६ जनाले अनुमति लिएका थिए ।
यस्तै वसन्त ऋतुमा नेपालका हिमाल चढ्नका लागि अनुमति लिनेको सङ्ख्या ८१ पुगेको छ । अनुमति लिनेहरूमा २२ जना महिला र ५९ जना पुरुष छन् । अनुमति लिनेहरूमध्ये चार जनाले नुप्त्से, एक जनाले मनास्लु, ४० जनाले अन्नपूर्ण र पाँच जनाले ल्होत्से हिमाल आरोहणका लागि अनुमती लिएका हुन् ।
हिमाल चढ्न अनुमति लिएकाहरूबाट सरकारले अहिलेसम्म चार करोड ८४ लाख १६ हजार चार सय ५८ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया