ताजा अपडेट
घाँस काट्न गएका ८ जना किशोरी बेपत्ता
काठमाडौं - महोत्तरीको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएकी छन् । मंगलवार दिउँसो २ बजे घांस काट्न गएकी उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएको छ ।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।
उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू किशोरीको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया