ताजा अपडेट
घाँस काट्न गएका ८ जना किशोरी बेपत्ता
काठमाडौं - महोत्तरीको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएकी छन् । मंगलवार दिउँसो २ बजे घांस काट्न गएकी उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएको छ ।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।
उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू किशोरीको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया