ताजा अपडेट
महोत्तरीबाट हराएका सात बालिका तथा किशोरी भारतमा भेटिए
काठमाडौँ - महोत्तरीबाट हराएका सात जना बालिका तथा किशोरी भेटिएका छन् । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको हो । महोत्तरीको भंगहा नगरपालिकाकी उपमेयर गंगा देवी सिंह दनुवारले ती बालिका तथा किशोरीहरु भारतमा भेटिएको र तिनिहरुलाई नेपाल ल्याउन टोली गएको बताईन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।
भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका हुन् ।
उनीहरु हिजो बिहान करिब ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया