Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एल आई सी नेपाल धनगढी शाखाद्धारा बिमित मृतकका परिवारलाई मृत्यु दाबी चेक हस्तान्तरण

एल आई सी नेपाल धनगढी शाखाद्धारा बिमित मृतकका परिवारलाई  मृत्यु दाबी  चेक हस्तान्तरण

धनगढी- एल आई सी नेपाल लि. धनगढी शाखाले स्व.यज्ञ राज बोहराका परिवारलाई मृत्यु दाबी  चेक हस्तान्तरण गरेको छ ।

जीवन बीमा गराउनु भएका स्व.यज्ञ राज बोहराका श्रीमती जानकी बोहरालाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्ट र बरिष्ठ अभिकर्ता गंगा राम धामी ले सयुक्त रुपमा मृत्यु दाबीको चेक रकम हस्तान्तरण गर्नु भएको छ ।मृतक बोहराले केहि महिना अगाडि मात्र अर्ध बार्षिक किस्ता बुझाउने गरि अभिकर्ता  गंगाराम धामी मार्फत एल आई सीमा रु दस लाख बिमाङ्कको जीवन बीमा गर्नु भएको थियो ।

उहाले प्रथम किस्ता बाफत रु.२४२६०  जम्मा गर्नु भएको थियो। बोहराको स्वास्थ्यमा अकस्मात समस्या आई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको थियो ।

शाखाले मृतक बोहोराकी  श्रीमती जानकी बोहरालाई बीमा बाफतको रकम  आज एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो । 

 मृतक बोहोराकी  श्रीमतीले बीमा बाफतको रकमले आफ्नो बालबच्चाको पढाईमा सहयोग र आफ्नो घाउमा मलम लगाउदै आफुलाई ठुलो आर्थिक सुरक्षाको प्रत्याभुति दिलाएकोमा एल आई सी प्रति कृतज्ञ रहेको भन्दै  धन्यबाद ब्यक्त गर्नु भएको छ।

शाखा कार्यलयमा स्वर्गिय बोहरा प्रति श्रदान्जली ब्यक्त गर्दै शाखा प्रबन्धक भट्टले आफुले एक असल बिमीत गुमाएकोमा दुख ब्यक्त गर्दै परिवारमा आई पर्ने मानबिय क्षतिको पुर्ती कहिले पनि हुन नसक्ने  तर आर्थीक रुपमा परिवारको मुख्य ब्यक्तिको निधन हुँदा आस्रित परिवारमा आई पर्ने आर्थिक संकटमा बीमा रकमले ठुलो राहत पुर्याउने बिचार ब्यक्त गर्दै आफुहरु सदा आफ्ना बिमीतहरु र निजका परिवारको सुखदुखमा सँगसगै रहने बिश्वास ब्यक्त गर्नु भयो।


साथै उक्त क्रममा अभिकर्ता धामीले एल आई सी नेपाल आफ्ना बिमीत र परिवारको सुख दुखमा सधै साथ साथै रहने र हरदम आफुहरु सेवामा कटिबद्ध रहने बिचार ब्यक्त गर्नु भएको थिएको छ ।

उक्त क्रममा पुस्कर भट्ट लगायतका अभिकर्ताको समेतको सहभागिता रहको थियो।

प्रतिक्रिया