Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फोटो आफैं बोल्ने पत्रकारिता गरौं : तिमिल्सेना

फोटो आफैं बोल्ने पत्रकारिता गरौं : तिमिल्सेना

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले जिल्लामा डिजिटल फोटो पत्रकारिताको सुरुवात आफूले गरेकाे बताएका छन् । जिल्लामा पत्रकारिताको विकासक्रममै आफुले डिजिटल क्यामेरा प्रयोगमा ल्याई यसको सुरुवात गरेको स्मरण उनले गरेका हुन् ।

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामको आयोजनामा शनिबार आयोजित अनलाइन फोटो प्रतियोगिता २०७७ विजेता घोषणा तथा प्रेस ज्याकेट वितरण कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै तिमिल्सैनाले जिल्लामा सक्रिय भएकोमा खुशी व्यक्त गरे। फोटो पत्रकारिता बिषय अत्यन्तै बृहत भएको भन्दै उनले यसका माध्यमबाट जिल्लाको पहिचान विश्वसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास पनि व्यक्त गरे ।
१८ वर्षअघि आफू ठूलासैनमा पुगेर फोटो खिचेको स्मरण गर्दै तिमिल्सैनाले जिल्लामा पत्रकारिताको सुरुवाती चरणबारे समेत कार्यक्रममा जानकारी गराएका थिए । द्वन्द्वका क्रममा दुई पक्षका बन्दुकको निशानाबीच पनि आफूले सक्रिय भएर जिल्लामा काम गरेको उनको भनाई थियो । 

जिल्लामा थुप्रै चुनौतीका बाबजुत पनि जिल्लाका संचारकर्मीले अछामको मोलिकता झल्किने विशेष गरी फोटो आफैँ बोल्ने खालको पत्रकारितमा लाग्न उनले जोड दिएका छन् ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल कम्प्युटर एसोशिएन महासंघका केन्द्रीय सदस्य खेमराज ढुंगानाले फोटो पत्रकार महासंघले सूचना प्रविधिको प्रयोग गर्दै आधुनिक काममा जानुपर्नेमा जोड दिए 

कार्यक्रममा खेमाज मल्टी बिजनेशको तर्फबाट प्रयायोजकको भूमिका निवार्ह गरेका ढुंगानाले यस्ता कार्यक्रम गर्न महासंघलाई सुझाएको बताए । यसमा आफू पनि जोडिन पाउँदा खुशी लागेको भन्दै उनले आगामी दिनमा पनि सहकार्य जारी रहने बचन दिए। 

कार्यक्रममा अर्का विशिष्ट अथिति मंगलसेन नगरपालिकाका-६ का वडाध्यक्ष जनकराज भण्डारीले कोरोना भाइरसका कारण देश लकडाउनमा हुँदा पनि फोटो पत्रकार महासंघ अछामले उदाहरणीय काम गरेको भन्दै जिल्लामा अन्य संघ संगठन पनि फोटो पत्रकार महासंघ जस्तै सक्रिय भएर लाग्नुपर्ने सुझाव दिए ।

नेपाल प्रेस संगठन अछाममा सह-संयोजक कृष्ण बुढाले जिल्लामा अन्य संघ संगठन निष्कृय रहेका बेला फोटो पत्रकार महासंघ अछाम शाखाले उदाहरणीय काम गरेकोमा प्रशंसा व्यक्त गरे । 

यस्तै नेपाल प्रेस युनियन अछाम शाखाका पूर्व अध्यक्ष एवंम जिपी कोइराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले जिल्लामा पहिलो पटक नौलो कार्यक्रमको सुरुवात भएकोमा महासंघको प्रशंसा गरेका छन् । यस्ता कार्यक्रमहरुको सिको अरु संघ संगठले पनि गर्नुपर्ने भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने खेमाज मल्टी बिजनेशलाई समेत धन्यवाद दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष गीता कुवँर, प्रेस युनियनका उपाध्यक्ष लोकराज ढकाल र रेडियो रामारोशनका स्टेशन म्यानेजर चन्द्र थापाले मन्तव्य राख्दै फोटो पत्रकार महासंघ अछामले राम्रो कामकाे सुरुवात गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यसैगरि अघि बढ्न सुझाए।

पत्रकार महासंघका जिल्ला अध्यक्ष खम्म खत्री, प्रेस संगठनका केन्द्रीय सदस्य राजेन्द्र कुवँर लगायत जिल्लास्थित विभिन्न संचारमाध्यमका संचारकर्मी सहभागी कार्यक्रममा महासंघका उपाध्यक्ष अमर धामीले स्वागत गरेका थिए ।

शाखा अध्यक्ष धिरज कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रायोजन गरी सहयोग गर्ने खेमाज मल्टी बिजेनस अछामका प्रमुख खेमराज ढुंगानालाई कार्यक्रमका प्रमुख अथितिले कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै फोटो पत्रकार महासंघले जिल्ला स्थित पत्रकारहरुलाई प्रेस जकेट समेत वितरण गरेको छ ।फोटो पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश र फोटो पत्रकार महासंघ केन्द्रको सहकार्यमा पत्रकारहरुलाई ४३ थान प्रेस जकेट वितरण गरिएको हो ।

 

अनलाईन फोटो प्रतियोगिताको म्याद थप

अनलाईन फोटो प्रतियोगिताको नतिजा प्रकाशन शनिबार गर्ने भनि कार्यक्रम गरिएकोमा मुल्यांकन समितको निर्णायक अभिमतद्धारा फोटो प्रतियोगितामा सहभागीहरुबाट नियमहरुको पालना नभएको, फोटोमा अन्य सफ्ट्वयर प्रयोग भएको भन्दै हाललाई स्थितगित गरी म्याद थप गर्ने निर्णय भएको छ । मुल्याकंन समितिको सुझाबका आधारमा शाखाको तत्काल बैठक बसी पुन प्रतियोगिताको लागि म्याद थप गरिने अध्यक्ष धिरज कुवँरले बताए ।

प्रतिक्रिया