Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बर्दियामा बाघ आक्रमण: गैँडा गणना रोकियो

बर्दियामा बाघ आक्रमण: गैँडा गणना रोकियो

काठमाडौँ – बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीकै मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना रोकिएको छ।

प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको हो ।

उनले भने, ‘बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि सोमबार एक दिनका लागि गैँडा गणना रोकिएको छ । सुरक्षात्मक प्रबन्ध मिलाएर मंगलबारदेखि पुनः गणना सुरु हुनेछ।’ निकुञ्जले सोमबारका लागि पर्यटकीय गतिविधि पनि बन्द गरेको छ।

चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा गएको बुधबार ९चैत १८ गते० देखि गणना सुरु भएको हो। प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘बर्दियामा गैँडा गणनाका लागि अझै एक हप्ता लाग्छ । बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि हाम्रो सजगता थप बढाउनु पर्ने देखिएको छ।’

झण्डै १० वर्षको भाले बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ गैँडामचान ९राष्ट्रिय निकुञ्ज क्षेत्र० गैँणा गणनाका लागि खटिएका हात्तीका माउते ३५ वर्षका पुलिसराम थारुको निधन भएको हो। आक्रमणकारी बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमै राखिएको र केन्द्रीय चिडियाखाना पठाउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो समय बाघको आक्रमण लगातार हुँदै आएको छ । पछिल्लो २० महिनामा आइतबारको घटनासहित बाघको आक्रमणबाट २० जनाको ज्यान गएको छ । साउन यता मात्रै बर्दिया जिल्लामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीसहित १० जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए।

पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन्।

‘आधिकारिक तथ्यांकमा ८७ वटा बाघ छन्, तर केही बढेको अनुमान छ’, संरक्षण अधिकृत श्रेष्ठले भने, ‘बढेको संख्या यति नै भन्न सकिने अवस्था भने छैन।’

यसअघि गैँडा गणनामा खटिएको टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा जंगली हात्तीले लखेटेको थियो। त्यसक्रममा हात्तीबाट खसेर गणनामा खटिएका पाँचजना घाइते भएका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले सम्पूर्ण पूर्वतयारीका साथ गणना सुरु गरिएको भए पनि दुर्घटना भएको बताए।

उनले भने, ‘जंगलको काम चुनौतिपूर्ण नै हुन्छ । अलिकति मात्रै पनि तलमाथि हुँदा ठूलो दुर्घटना निम्तिन्छ । बर्दियामा आइतबार भएको घटनापछि थप सावधानीका उपयाहरुबारे आज छलफल हुन्छ र थप सजगतासहित गणना थालिन्छ।’

प्रतिक्रिया