Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बर्दियामा बाघ आक्रमण: गैँडा गणना रोकियो

बर्दियामा बाघ आक्रमण: गैँडा गणना रोकियो

काठमाडौँ – बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीकै मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना रोकिएको छ।

प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको हो ।

उनले भने, ‘बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि सोमबार एक दिनका लागि गैँडा गणना रोकिएको छ । सुरक्षात्मक प्रबन्ध मिलाएर मंगलबारदेखि पुनः गणना सुरु हुनेछ।’ निकुञ्जले सोमबारका लागि पर्यटकीय गतिविधि पनि बन्द गरेको छ।

चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा गएको बुधबार ९चैत १८ गते० देखि गणना सुरु भएको हो। प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘बर्दियामा गैँडा गणनाका लागि अझै एक हप्ता लाग्छ । बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि हाम्रो सजगता थप बढाउनु पर्ने देखिएको छ।’

झण्डै १० वर्षको भाले बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ गैँडामचान ९राष्ट्रिय निकुञ्ज क्षेत्र० गैँणा गणनाका लागि खटिएका हात्तीका माउते ३५ वर्षका पुलिसराम थारुको निधन भएको हो। आक्रमणकारी बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमै राखिएको र केन्द्रीय चिडियाखाना पठाउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो समय बाघको आक्रमण लगातार हुँदै आएको छ । पछिल्लो २० महिनामा आइतबारको घटनासहित बाघको आक्रमणबाट २० जनाको ज्यान गएको छ । साउन यता मात्रै बर्दिया जिल्लामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीसहित १० जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए।

पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन्।

‘आधिकारिक तथ्यांकमा ८७ वटा बाघ छन्, तर केही बढेको अनुमान छ’, संरक्षण अधिकृत श्रेष्ठले भने, ‘बढेको संख्या यति नै भन्न सकिने अवस्था भने छैन।’

यसअघि गैँडा गणनामा खटिएको टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा जंगली हात्तीले लखेटेको थियो। त्यसक्रममा हात्तीबाट खसेर गणनामा खटिएका पाँचजना घाइते भएका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले सम्पूर्ण पूर्वतयारीका साथ गणना सुरु गरिएको भए पनि दुर्घटना भएको बताए।

उनले भने, ‘जंगलको काम चुनौतिपूर्ण नै हुन्छ । अलिकति मात्रै पनि तलमाथि हुँदा ठूलो दुर्घटना निम्तिन्छ । बर्दियामा आइतबार भएको घटनापछि थप सावधानीका उपयाहरुबारे आज छलफल हुन्छ र थप सजगतासहित गणना थालिन्छ।’

प्रतिक्रिया