ताजा अपडेट
अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
अछाम- अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित डोजर दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका–२ का २८ वर्षीय किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए। सडकबाट दुई सय ५० मिटर तल खसेको उनले बताए।
केही दिन पहिले मात्र सोही भिरबाट विद्यालय जाने क्रममा चण्डाली निवासी ७ बर्षिया बालिकाको समेत लडेर ज्यान गएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया