Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पूर्वराजा ज्ञानेन्द्रले हरिद्वारमा भने, ‘सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो’

पूर्वराजा ज्ञानेन्द्रले हरिद्वारमा भने, ‘सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो’

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले सनातन हिन्दू धर्म र परम्परामाथि बाह्य अतिक्रमण भएको बताएका छन् । भारतको हरिद्वारस्थित निरञ्जनी अखडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरूलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत उल्लेख गरे ।

नेपाली भाषामा गरिएको तीन पेज लामो सम्बोधनमा उनले कुनै राजनीतिक विषयबारे भने बोलेनन् ।

‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो । अब हामीले हाम्रो धर्म बचाउनु छ’। उनले भने, ‘हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रा मठमन्दिर देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ ।’


उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा पूर्वराजा शाहलाई हिन्दू सम्राटको हैसियतमा सहभागी गराइएको छ । कुम्भमेलाको आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले उनलाई नेपाल नरेश, हिन्दू सम्राट, हिन्दू राजाको हैसियतमा निमन्त्रणा पठाएका थिए । स्वागत समारोहमा शाहले हिन्दू सम्राटको हैसियतमा सम्बोधन गरेका थिए ।

पूर्वराजा शाहले जल, स्थल र आकाशलाई विषाक्त बनाउँदै लगिएको अहिलेको प्रदूषणयुक्त विश्वलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य रहेको पनि उल्लेख गरे ।

‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरतखण्ड, यो भूखण्ड–हाम्रा यी हिमशृंखला, हाम्रा यी अनेकौँ नदीको महत्व महान् छ,’ उनले भनेका छन्, ‘हजारौँ वर्षअघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।’

आयोजकका अनुसार आज हरिद्वारस्थित गंगा नदीमा बेग्लै रथमा सवार गराएर पूर्वराजा शाहलाई शाही स्नान गराउने तयारी छ ।

पूर्वरानी कोमलसहित पूर्वराजपरिवारसहितको टोली बिहीबार भारत प्रश्थान गरेको हो ।


अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष महन्त नरेन्द्र गिरी, मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष रवीन्द्र पुरी लगायतका अन्य थुप्रै साधु सन्तले पूर्वराजाको स्वागत गरेका थिए ।

हरिद्वार पुगेका पूर्वराजा शाहले दक्षिणकालीको पूजा अर्चनासमेत गरेका छन् । यसअघि पूर्वराजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए ।

हिन्दूहरुको पवित्र धार्मिकस्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा शाहले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ । पूर्वराजा शाहका सञ्चार विज्ञ फणीन्द्र पाठकले विज्ञप्ति जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन् ।

यसैबीच, आजै पूर्वराजा ज्ञानेन्द्रले गंगामा स्नानसमेत गरेका छन् । यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको थियो । शाहलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइएको छ ।

शाही स्नान कार्यक्रममा उत्तरखण्डका मुख्यमन्त्री रावतसँगै स्वामी कैलाशानन्द गिरी, , केदारनाथका पिठाधीश लागायत साधु–सन्त उपस्थित थिए । कुम्भ मेलामा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० प्रमुख मोहन भागवत पनि हरिद्वार आएका छन् ।

यसअघि पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गत जनवरीमा लखनउमा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गरेका थिए ।

नेपालमा राजनीति तरल अवस्था आइरहेका वेला भारतले पूर्वराजा ज्ञानेन्द्रलाई भव्य सम्मान गरिरहेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले नेपालमा पुनः राजतन्त्रको कार्ड पालेको कतिपयले विश्लेषण गरिहेका छन् । यसबाट राजावादीहरु उत्साही भएको पाइएको छ ।

प्रतिक्रिया