Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सभामुखप्रति प्रधानमन्त्री ओलीको तीव्र आक्रोश  संसद्‍मा एमसीसी किन रोकेको ?

सभामुखप्रति प्रधानमन्त्री ओलीको तीव्र आक्रोश  संसद्‍मा एमसीसी किन रोकेको ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। 

प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस गर्नुहुन्न, सभामुख सापकोटामाथि प्रधानमन्त्री ओलीले आक्रोश पोखे, सभामुखको कुनै मर्यादा हुँदैनरु सरकारले पेस गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छरु उहाँहरूलाई कानुनको मतलब छैन।

एमसीसी पास गर्ने विषयमा कांग्रेसले पनि सरकारलाई सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए। नेपाली कांग्रेस एक शब्द बोल्न सक्छ? मुखमा पानी हालेर किन बसेकोर? किन बोल्दैनरु किनभने त्यहाँ साँठगाँठ खोजिरहनु भएको छ उहाँहरू। भर्‍याङ चढेर सरकारमा पुग्न खोजिरहनुभएको छ। कांग्रेस र माओवादीको सरकार बनाउन साँठगाठ खोजिरहनुभएको छ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको कारबाही किर्नाले भैँसी खाएजस्तै भएको बताए। किर्नाले भैँसी खान नसक्ने भन्दै उनले आफूलाई गरिएको कारबाही पनि त्यस्तै भएको टिप्पणी गरेका हुन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलगायतका नेताहरूलाई कारबाही गरेको थियो।

आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर कारबाहीले आफूलाई कुनै असर नगर्ने उनको भनाइ छ। 

किर्नाले भैँसी खाँदैनरु खान्छ नि। किर्नाले भैसीँ खान्छ नि देख्नु भा छ कि छैन। हो यिनीहरूले हामीलाई गरेको कारबाही त्यस्तै हो,  उनले भने, कति खान्छरु भैँसी खायो खायो खायो। अघायो खुत्रुक्क झर्यो।

उनले आफूमाथि कारबाही गर्नेहरू पनि सकिने चेतावनी दिएका थिए। 

प्रतिक्रिया