Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सभामुखप्रति प्रधानमन्त्री ओलीको तीव्र आक्रोश  संसद्‍मा एमसीसी किन रोकेको ?

सभामुखप्रति प्रधानमन्त्री ओलीको तीव्र आक्रोश  संसद्‍मा एमसीसी किन रोकेको ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। 

प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस गर्नुहुन्न, सभामुख सापकोटामाथि प्रधानमन्त्री ओलीले आक्रोश पोखे, सभामुखको कुनै मर्यादा हुँदैनरु सरकारले पेस गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छरु उहाँहरूलाई कानुनको मतलब छैन।

एमसीसी पास गर्ने विषयमा कांग्रेसले पनि सरकारलाई सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए। नेपाली कांग्रेस एक शब्द बोल्न सक्छ? मुखमा पानी हालेर किन बसेकोर? किन बोल्दैनरु किनभने त्यहाँ साँठगाँठ खोजिरहनु भएको छ उहाँहरू। भर्‍याङ चढेर सरकारमा पुग्न खोजिरहनुभएको छ। कांग्रेस र माओवादीको सरकार बनाउन साँठगाठ खोजिरहनुभएको छ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको कारबाही किर्नाले भैँसी खाएजस्तै भएको बताए। किर्नाले भैँसी खान नसक्ने भन्दै उनले आफूलाई गरिएको कारबाही पनि त्यस्तै भएको टिप्पणी गरेका हुन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलगायतका नेताहरूलाई कारबाही गरेको थियो।

आफूलाई कारबाही गरिएको भनेर सन्तोष गर्न पाइने तर कारबाहीले आफूलाई कुनै असर नगर्ने उनको भनाइ छ। 

किर्नाले भैँसी खाँदैनरु खान्छ नि। किर्नाले भैसीँ खान्छ नि देख्नु भा छ कि छैन। हो यिनीहरूले हामीलाई गरेको कारबाही त्यस्तै हो,  उनले भने, कति खान्छरु भैँसी खायो खायो खायो। अघायो खुत्रुक्क झर्यो।

उनले आफूमाथि कारबाही गर्नेहरू पनि सकिने चेतावनी दिएका थिए। 

प्रतिक्रिया