Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामको बहुप्रतिक्षित चित्रे पुल ८ वर्षपछि सम्पन्‍न हुँदै

अछामको बहुप्रतिक्षित चित्रे पुल ८ वर्षपछि सम्पन्‍न हुँदै

अछाम- अछामको बहुप्रतिक्षित चित्रेपुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्यमा ढिला गरेको भन्दै विवादित समेत बनेको चित्रेको मोटरेवल पुलको ९० प्रतिशत काम सकिएको हो । मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकालाई जोड्ने पुल बैशाख भित्र सम्पन्न गरिसक्ने पूर्वाधार कार्यालय अछामका प्रमुख जंग थापाले बताए ।

२२ महिनामा चित्रे पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ०७० साल भदौमा अनक नन्देगडा तुलसी जेभीसँग सम्झौता भएको थियो । तर ८ वर्ष पुग्न लाग्दा समेत पुल निर्माणको कार्य सम्पन्न हुन सकेको छैन ।

पेटी ठेक्का पाएको नन्देगडाले काम सम्पन्न गर्न नसकेपछि र अहिले मुख्य ठेकेदार अनक कन्ट्रक्सनको निगरानीमा काम भइरहेको छ । थापाले भने,‘निकै तोकेता गरेपछि अहिले मुख्य ठेकेदार अनक कन्ट्रक्सनको निगरानीमा काम भइरहेको छ । चार वटा स्ल्याब हाल्ने काम सकिएको छ अब फिनिसिङको काम मात्र बाँकी छ ।

मंगलसेन र चौरपाटी गाउँपालिकाको सिमानाको बुढीगंगा नदीमा बन्न लागेको उक्त पुलको स्थानीय अनक नन्देगडा तुल्सीदुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्कीपुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने थियो । पुलको रकम बढेर अहिले ७ करोड २९ लाख पुगेको अनक कन्ट्रक्सनका प्रतिनिधि राम प्रसाद न्यौपानेले बताए । उनले भने पहिले नै स्टेमेटमा धेरै विषय छुटेको रहेछ, यसअघि सम्झौता अनुसार मुख्य रड, कंक्रिट, एउटा स्ल्याब स्टिमेटमा उल्लेख नभएका कारण पुल निर्माण ढिलाइ भएको हो ।

पुल निर्माण कार्य हेर्दा अब छिटै निमार्ण सम्पन्न हुने देखिएको स्थानीय भरत बिकले बताए । उनले भने,‘ढिला सुस्ती निकै भयो,अब पुल पूरा हुन्छ भन्ने आशा छ, यो पुल बनेपछि पवित्रस्थल त्रिवेणी, रामारोशन, खप्तड, बैधनाथ, पञ्चदेवल लगायत पर्यटकीय क्षेत्रको यात्रा गर्ने पर्यटकलाई सजिलो हुन्छ । यो पुल सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ ।

लामो समय निर्माण कार्य ठप्प हुँदा विवादमा समेत तालिएको पुलको काम अगाडि बढेपछि स्थानीयहरु उत्साही देखिएका छन् । पुल बनेपछि साँफे मंगलसेन आवत जावतमा निकै सजिलो हुने उनीहरु बताउँछन् । साँफेबगरमा पूर्वाधार कार्यालय स्थापनापछि जिल्लामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको दुनीरवा, बिरा र चित्रे पुलको निर्माण कार्य अगाडि बढेको छ ।

प्रतिक्रिया