ताजा अपडेट
२१ वर्षीया गर्भवतीको हेलिकप्टर मार्फत उद्धार
अछाम — नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा २१ वर्षीया गर्भवतीको उद्धार गरिएको छ । पंचदेवल विनायक नगरपालिका-७ की रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए ।
विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्याइएको थियो । उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको ढुंगानाले बताए । जिल्ला अस्पताल अछाममा शल्यक्रिया सेवा उपलब्ध छैन ।
सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म अछाममा ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया