Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन सुरु

साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन सुरु

बाजुरा : जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ। जिल्ला विपत व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ। टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

जानकारी लिन टोली बल्दे, द्वारी, अम्कोट हुँदै धुरालसैनसम्म पुगेको थियो। करिब एक किलोमिटरभन्दा बढी सडक पहिरोले भासिएको र साँफे मार्तडी सडकअन्तर्गत द्वारी क्षेत्रमा नयाँ मार्ग निर्माणका लागि कुनै विकल्प नभए पनि अर्को मार्गको बारे छलफल शुरु गरिएको छ। बल्देबाट आटीचौर जाने सडकलाई नै माथि पु¥याएर अम्कोटमाथि हुँदै तिपाडा झार्न सकिने विकल्पबारे छलफल चलिरहे पनि त्योसमेत दिगो नहुने देखिएको छ।

जिल्लास्तरीय टोलीले अवस्थाबारे जानकारी लिन मात्र गएको र सडकको मार्गबारे प्राविधिक अध्ययनपछि मात्र थाह हुने बताएको छ। सडक पहिरोले भासिएपछि चार दिनदेखि साँफे मार्तडी सडक पूर्णरूपमा बन्द भएको छ। सवारीसाधान मार्तडीबाट द्वारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन्।

सडक अवरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ। बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ। पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ। 

आजबाट बाटो काट्न शुरु गरिने 
अवरुद्ध भएको साँफे मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरु गरिने भएको छ। तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीनरूपमा बाटोका लागि धुरालसैनबाट रिला हँुदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।

तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीनरूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ।

त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ। – रासस

प्रतिक्रिया