Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरका दुर्गम बाजुरा र दार्चुलाका किशोरीलाई आत्मरक्षा तालिम

सुदूरका दुर्गम बाजुरा र दार्चुलाका किशोरीलाई आत्मरक्षा तालिम

सुदूरपश्चिमका दुर्गम जिल्ला मानिएका बाजुरा र दार्चुलामा किशोरीहरुलाई आत्मरक्षा तालिम दिन थालिएको छ। दुर्गममा किशोरी, बालिकाहरु बलात्कृत हुने क्रम बढेपछि विभिन्न संघ संस्थाहरु सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम दिन थालेका हुन् ।

बाजुरा बुढीगंगा नगरपालिका वडा नम्ब १० स्थित विद्यालयमा किशोरीहरुलाई तालिम दिन सुरु गरेको हो। गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास भएमा त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने उपायबारे जानकारी गराइएको आत्मरक्षा तालिम दिईएको बाजुरा पीसविन सामुदायिक विकास परियोजना संयोजक टेकबहादुर थापाले बताए।

उनले भने, ‘यो तालिमले बालिका तथा किशोरीलाई आत्मरक्षा गर्न आत्मबल पुगेको छ। बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्ने लगायतका उपायबारे जानकारी हुँदा बालिका तथा किशोरी पनि खुसी भएका छन्।’ बाजुरामा प्रशिक्षक प्रकाश चन्द, कल्पना पाल र मेनुका वडले प्रशिक्षण गरीरहेका छन् ।

बुढीगंगा नगरपालिकाका दुई सय ४० जना भन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिईएको छ। तालिममा विद्यालयमा अध्ययनरत किशोरी क्लव र बाल क्लवका किशोरीहरुलाई सहभागि गराईएको छ। तालिम एक ठाउँमा २ दिन सम्म सञ्चालन गरेर ६ ठाउँमा १२ दिनसम्म सञ्चालन गरिएको पीसविन विकास सहायक गोमति कटुवालले जानकारी दिईन् ।

विद्यालय जाने बेला नै असुरक्षित महसुस गरिरहेका किशोरीहरु आत्मरक्षा तालिम पाउदा खुसी भएका छन् । बुढीगंगा धुरालशैन माविका कक्षा १० मा अध्ययनरत किशोरी माया उपाध्यायले छोटो समयको आत्मरक्षा तालिम पाउदा आत्मबल बढेको बताइन् ।

उनी जस्तै आसिका थापा पनि दुई घण्टाको दुरी पार गरेर विद्यालय पुग्छन्। ‘बाटोमा एक्लै हिड्दा कसैबाट पीडीत हुन्छु कि भन्ने उनलाई डर लागिरहन्थ्यो’, उनले भनिन्, ‘ आत्मरक्षा तालिम पाएपछि भने टोलका सबै किशोरीहरुसंगै विद्यालय एक साथ आउने गरेका छौँ ।’

सुदूरपश्चिममा महिलामाथि दुव्र्यवहार भईरहेका घटना बाहिर आएका छन् । यस्ता दुव्यवहार बढ्दै गएकाले छोरीहरुलाई तपाईहरु पनि कमजोर हुनु हुन्न है भनेर मनोबल बढाउन, आफ्नो सुरक्षा आफै गर्न सक्नुहुन्छ भन्ने कुरा सिकाईएको तालिमका प्रशिक्षक सपना रोकायाले बताइन् ।

यस्तै दार्चुलामा पाँच सय बालिका र किशोरीलाई सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम दिइएको छ । जिल्लाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका ६ वटा विद्यालयका बालिका तथा किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको हो।

महाकाली नगरपालिकाको राष्ट्रिय मावि दत्तुका १ सय ५ जना, मालिकार्जुन गाउँपालिकाको सरस्वती मावि सेलिचामाका ७५ जना, मालिकार्जुन मावि मडका १ सय ३५ जना, कृष्ण मावि डाडाकोटका १ सय १० जना, सरस्वती मावि उकुका १ सय जना र शंकरपुर मावि पस्तीका १०२ जनालाई आत्मरक्षा सम्बन्धी तालिम दिइएको हो। 

 

प्रतिक्रिया