Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। 

नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो। 

टी-२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो। 

फाइनलमा नेपाली बलरहरु हावी भएपछि नेदरल्याण्ड्स उक्त स्कोरमा समेटिएको हो। लगातार विकेट पतनका कारण दबाबमा आएका नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्। 

नेपालका करण केसीले ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चे। नेपालका लेगस्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। उनले आफ्नो स्पेलमा २६ रन खर्चे।

सबस्टीयन ब्रटले जोडेको २६ रन नै नेदरल्याण्ड्सका लागि सर्वाधिक रह्यो। म्याक्स ओ डुडले २० तथा कप्तान पिटर सिलारले १३ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार पारेको हो। 

तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए। ५३ बलको सामना गरेका कुशल भुर्तेलले ८ चौका र ३ छक्का मद्दतमा ७७ रनको महत्वपुर्ण योगदान दिएका थिए।

उनी नेपालबाट एकै सिरजमा सर्वाधिक धेरै रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्। कुशलले सिरिजमा चौथो अर्धशतक हान्दै किर्तिमान कायम गरेका हुन्। यसअघिको खेलमा उनले लगातार अर्धशतक पुरा गरेका थिए। मलेसियासँगको चौथो खेलमा भने कुशल १६  रनमै पवेलियन फर्केका थिए। 

चौथो विकेटका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरि र कुशल मल्लले ७५ रनको साझेदारी गरे। कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्कामा ५० रनमा नटआउट रहे। उपकप्तान दिपेन्द्र सिंह ऐरि ४८ रनमा अविजित रहे। १८ बलको सामना गरेका दिपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे। 

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे। १९ बलको सामना गरेका कप्तान मल्लले ३३ रनको योगदान दिए। १९ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हाने। उनी नवौ ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगे। 

त्यसअघि अर्को ओपनर आसिफ शेखले १६ रन जोडे। भुर्तेल र शेखले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे। ८ बलमा १ चौका र २ छक्का हानेका उनी दोस्रो ओभरको दोस्रो बलमा क्याच आउट भए। नेदरल्याण्ड्सका फिलिप बोसिभेनले २ तथा सबस्टीयन ब्राटले भने एक विकेट लिए।

नेपाल क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्मक शृंखलामा नेपाल, नेदरल्याण्ड्सँगै मलेसियाको सहभागिता थियो। नेपाल समूहको शीर्ष र नेदरल्याण्ड्स दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए।

प्रतिक्रिया