Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १३ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १३ पुग्याे

काठमाडौं- काेरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

डाेल्पाका पुरुष दमका रोगी र धनगढीकी महिला मिर्गौला रोगबाट पीडित थिए। धनगढी उप–महानगरपालिका–४ की महिलाको शुक्रबार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउन लागि सेती अस्पताल पुगेका थिइन्। डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए।

मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको उनले बताए। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगन्ज र काठमाडौंमा डायलासिस गराउँदै आएकी थिइन्।

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, ललितपुरमा एक, अर्घाखाँचीमा एक, दैलेखमा एक, बाजुरामा एक, दोलखामा एक, पाल्पामा एक, सुर्खेतमा एक गरी १३ जनाको मृत्यु भएको नेपाल समयमा खबर छ।

प्रतिक्रिया