Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १३ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १३ पुग्याे

काठमाडौं- काेरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

डाेल्पाका पुरुष दमका रोगी र धनगढीकी महिला मिर्गौला रोगबाट पीडित थिए। धनगढी उप–महानगरपालिका–४ की महिलाको शुक्रबार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउन लागि सेती अस्पताल पुगेका थिइन्। डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए।

मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको उनले बताए। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगन्ज र काठमाडौंमा डायलासिस गराउँदै आएकी थिइन्।

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, ललितपुरमा एक, अर्घाखाँचीमा एक, दैलेखमा एक, बाजुरामा एक, दोलखामा एक, पाल्पामा एक, सुर्खेतमा एक गरी १३ जनाको मृत्यु भएको नेपाल समयमा खबर छ।

प्रतिक्रिया