Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अछाम बहुमुखी क्याम्पसद्वारा 'तपाईं मास्क खोइ?' अभियान संचालन

अछाम बहुमुखी क्याम्पसद्वारा 'तपाईं मास्क खोइ?' अभियान संचालन

तपाइको मास्क खोइ ? अभियान अन्र्तगत अछाम बहुमुखी क्याम्पसले कोरोना संक्रमण विरुद्ध सदरमुकाम मंगलसेनमा सचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरेको छ । देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरासबाट बच्न मंगलसेन बजारमा नागरिकहरुलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो ।

कोरोना संक्रमणबाट अत्यावश्यक काममा मात्र बाहिर निस्कने, बाहिर गए अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने र घर फर्केमा साबुन पानीले राम्ररी हात धुने बारेमा जानकारी दिइएको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिनुभयो । मास्क नलगाएर आएका व्यक्तिहरुमा क्याम्पसले निशुल्क मास्क वितरणसँगै सेनिटाइज गरेको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरासहित क्याम्पसबाट शुरु भएको सचेतनामुलक अभियान खुलामञ्च, वैरागीधारा, झारफुंगाधारा हुँदै क्याम्पसमै आएर टुंगिएको थियो ।

प्लेकार्डसँगै चेतनामुलक गीतका साथमा बजारमा मास्क नलगाएका व्यक्ति, व्यापारी, कर्मचारी र सर्वसाधारणमा चेतनामुलक अभियानसहित मास्क वितरण गरिएको थियो । जनचेतनामुलक अभियानका क्रममा बजारमा भेटिएका व्यक्तिहरुले अभियान सकारात्मक भएको भन्दै आफूहरु कोरोनाबाट बच्न सुरक्षाका मापदण्ड अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अभियानमा क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहरा, सदस्य रत्नप्रसाद ढुंगाना, क्याम्पस प्रमुख छत्रबहादुर विष्ट, सहायक क्याम्पस प्रमुख धु्रवकुमार शाही, समाजसेवी चन्द्रप्रसाद ढुंगाना लगायत क्याम्पसमा प्राध्यापक र कर्मचारी र विद्यार्थीहरुको सहगागिता रहेको थियो । क्याम्पसको बाह्य पहुँच कार्यक्रम अन्र्तगत उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । अभियान सञ्चालनका लागि मंगलसेन नगरपालिकाले सेनिटाइजर र मास्क, स्वास्थ्य कार्यालयले मास्क र डिके स्टोर साँफेबगरले मास्क सहयोग गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ