Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भोलि बुधबार देखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना

भोलि बुधबार देखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि) देखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् । आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।

यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सरकारले यातायात व्यवसायीहरूको बैंकको ब्याज र किस्तामा सहयोग गर्ने बचन दिइसकेको छ भने यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग पनि छलफल भएकोमा सो छलफल सकारात्मक भएको उनले बताए ।

आज अर्थमन्त्रीले गर्ने प्रतिवद्धताअनुसार भोलिदेखि सार्वजनिक बस सेवा सञ्चालन हुने–नहुने तय हुने उनले बताए ।

उनले भने, ‘हामीले बस सञ्चालन गर्ने भनिसकेका छौँ, मात्रै सरकारले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको जिम्मा लिनुपर्यो  । बस चलाउँदा चलाउँदै सवारीचालक बिरामी भएमा कसले जिम्मा लिने ?  बसमा चढेका यात्रु बसमै बिरामी भएमा कसले उद्दार गर्ने ? यसबारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।  त्यसपछि मात्रै हामी बस सञ्चालन गर्न सक्छौं ।’

 गत चैत ११ गतेदेखि लकडाउन जारी भएपछि मुलुकभर रहेका झनडै साडे तीन लाख सार्वजनिक बसहरु ग्यारेजमा थन्किएर बसेका छन् ।  यद्यपि साझा, मयुर लगायत केही यातायातका साधनले भने सेवा सुरु गर्न लागिरहेका छन् ।

प्रतिक्रिया