Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भोलि बुधबार देखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना

भोलि बुधबार देखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि) देखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् । आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।

यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सरकारले यातायात व्यवसायीहरूको बैंकको ब्याज र किस्तामा सहयोग गर्ने बचन दिइसकेको छ भने यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग पनि छलफल भएकोमा सो छलफल सकारात्मक भएको उनले बताए ।

आज अर्थमन्त्रीले गर्ने प्रतिवद्धताअनुसार भोलिदेखि सार्वजनिक बस सेवा सञ्चालन हुने–नहुने तय हुने उनले बताए ।

उनले भने, ‘हामीले बस सञ्चालन गर्ने भनिसकेका छौँ, मात्रै सरकारले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको जिम्मा लिनुपर्यो  । बस चलाउँदा चलाउँदै सवारीचालक बिरामी भएमा कसले जिम्मा लिने ?  बसमा चढेका यात्रु बसमै बिरामी भएमा कसले उद्दार गर्ने ? यसबारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।  त्यसपछि मात्रै हामी बस सञ्चालन गर्न सक्छौं ।’

 गत चैत ११ गतेदेखि लकडाउन जारी भएपछि मुलुकभर रहेका झनडै साडे तीन लाख सार्वजनिक बसहरु ग्यारेजमा थन्किएर बसेका छन् ।  यद्यपि साझा, मयुर लगायत केही यातायातका साधनले भने सेवा सुरु गर्न लागिरहेका छन् ।

प्रतिक्रिया