ताजा अपडेट
देशभरिमा सात हजार दुई सय ११ जना संक्रमित थपिए, २७ को मृत्यु
नेपालमा आइतबार थप सात हजार २११ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोभिडका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोभिड कारण मृत्यु भएको छ ।
त्यस्तै थप १६ सय १२ जना कोभिडमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोभिड जितेका छन् । हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइसोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया