Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालमा अस्पताल भर्ना भएका १७ प्रतिशत संक्रमित गम्भीर

नेपालमा अस्पताल भर्ना भएका १७ प्रतिशत संक्रमित गम्भीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो पटक गम्भीर बिरामीको संख्या दिनदिनै बढिरहेको छ। अहिलेसम्मको तथ्यांक अनुसार, अस्पताल पुगेकामध्ये १७ संक्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा राख्नुपरेको छ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या देशभर ४८ हजार ७११ छ। त्यसमध्ये ४५ हजार १८१ जना सतर्कता अपनाएर घरमा बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, सक्रिय संक्रमितमध्ये तीन हजार ५३० जना सरकारी तथा निजी अस्पतालमा भर्ना भएका छन्। यो सक्रिय संक्रमितको ७.८१ प्रतिशत हो।

देशभर सरकारी तथा निजी अस्पतालमा उपचार गराइरहेका तीन हजार ५३० जनामध्ये ६०८ जनालाई आईसीयू तथा भेन्टिलेटरमा राखिएको छ। यो अस्पताल भर्ना भएका संक्रमितको १७ प्रतिशत हो।

गम्भीर बिरामीमध्ये पनि धेरैलाई आईसीयूमा राख्नुपरेको छ। देशभर ४७७ जनालाई आईसीयूमा राखिएको छ भने १३१ जनालाई भेन्टिलेटरमा राखिएको छ।

सबैभन्दा बढी गम्भीर बिरामी बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बागमतीमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा छन्। अस्पताल भर्ना भएका एक हजार ४८६ जनामध्ये ३३१ जना अर्थात् २२ प्रतिशत गम्भीर छन्।

त्यस्तै, प्रदेश १ मा अस्पताल भर्ना भएका २८२ जनामध्ये ५४ जनालाई आईसीयूमा र ५४ जनालाई भेन्टिलेटरमा राखिएको छ। यो अस्पताल भर्ना भएका संक्रमितको २४ प्रतिशत हो।

प्रदेश २ मा पनि अस्पताल भर्ना भएका ९७ जनामध्ये २४ जनालाई आईसीयूमा र दुई जनालाई भेन्टिलेटरमा राखिएको छ। यो २६ प्रतिशत हो।

गण्डकी प्रदेशमा अस्पताल भर्ना भएकामध्ये ५ प्रतिशत मात्रै गम्भीर देखिएका छन्। गण्डकीमा १०७ जना अस्पताल भर्ना भएका छन् भने पाँच जनालाई आईसीयू र एक जनालाई भेन्टिलेटरमा राखिएको छ।

लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा छन्। यो अस्पताल भर्ना भएका ७७२ जनाको १२ प्रतिशत हो।

यस्तै, कर्णाली प्रदेशमा पनि गम्भीर बिरामीको प्रतिशत अत्यधिक छ। यहाँ अस्पताल भर्ना भएकामध्ये ३३ प्रतिशत संक्रमितको अवस्था गम्भीर देखिएको छ। कर्णालीमा अस्पताल भर्ना भएका ११३ जनामध्ये ३३ जनालाई आईसीयूमा र सात जनालाई भेन्टिलेटरमा राखिएको छ।

सुदूरपश्चिम प्रदेशमा भने गम्भीर बिरामीको ५.७९ प्रतिशत मात्रै छन्। अस्पताल भर्ना भएका ६७३ जनामध्ये ३० जनालाई आईसीयू र नौ जनालाई भेन्टिलेटरमा राखिएको छ।
 

प्रतिक्रिया