Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विश्व प्रेस स्वतन्त्रताको अवसरमा प्रेस चाैतारी अछामद्वारा शुभकामना व्यक्त

विश्व प्रेस स्वतन्त्रताको अवसरमा प्रेस चाैतारी अछामद्वारा शुभकामना व्यक्त

कोरोना भाइरस लगायत विपतका बेलामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह बैशाख २०, अछाम विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा प्रेस चाैतारी नेपाल जिल्ला समिति अछामले शुभकामना व्यक्त गरेकाे छ । जिल्ला समिति संयाेजक कृष्ण बहादुर बुढा र सहसंयाेजक टेक बहादुर थापाद्वारा एक बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्नुभएको हाे । दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गरिएको छ ।

नागरिकहरूलाई सुसूचित गर्ने कर्ममा रहेकै बखत जीवन त्याग गर्ने ज्ञात अज्ञात सहिद पत्रकारहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै सम्पादकीय अधिकार सहितको पूर्ण प्रेस स्वतन्त्रताको पत्रकारले अनुभूति गर्ने गरि सरकार लगायत राज्यका निकायहरुले अझ बढी सुनिश्चितता प्रदान गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । "अहिले पनि पत्रकारहरुले आत्मविश्वासका साथ आफ्नो पत्रकारिता कर्म गर्न केही न केहीमा सम्झौता गर्नुपर्ने अवस्था रहेको छ । पत्रकारको भौतिक, आर्थिक रुपमा सुरक्षाको प्रबन्धमा सम्बन्धित निकायकाे विशेष ध्यान जान आवश्यक छ ।" विज्ञप्तिमा उल्लेख छ । जीवनका उर्जावान समय पत्रकारिता क्षेत्रमा बिताएर घर फर्कने बेलामा निरास भएर जानुपर्ने अवस्थाकाे अन्त्य गरी यस्ताे समस्या भाेग्न बाध्य मोफसलका पत्रकारहरुको समस्यामा चाँसो र चिन्ता हुन आवश्यक रहकाे बताईएको छ ।

सूचना प्रवाहको अग्र माेर्चामा रहेका पत्रकारलाई प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, न्यूनतम पारिश्रमिक, बीमा, नियमानुसारको बिदा लगायतमा ध्यान दिन आवश्यक रहेको भन्दै कोरोना भाइरस (Covid-19) लगायत विपतका बेलामा अग्रपंक्तिमा रहेर काम गर्ने अन्य निकायसँगै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन राज्यका निकायको ध्यानाकर्षण गरिएकाे छ । राज्यले यसतर्फ उचित ध्यान दिने अपेक्षा समेत गर्दै प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारको हक, सूचनाको हक संवैधानिक रुपमै उल्लेख गरिएका कारण मौलिक हकको पूर्ण कार्यान्वयन गर्न समेत पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको जनाईएकाे छ । नागरिक स्वतन्त्रतासँग जोडिएको प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न गराउन विज्ञप्ति मार्फत सबैमा अनुरोध गरिएकाे छ ।

प्रतिक्रिया