Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

उद्योग वाणिज्य संघ अछामद्वारा बजार अनुगमन

उद्योग वाणिज्य संघ अछामद्वारा बजार अनुगमन

उद्योग वाणिज्य संघ अछामले अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर को हाटबजार अनुगमन गरेको छ । व्यापारिहरुले दैनिक उपभोग्यका सामानहरुमा आफू खुशी मुल्य बढाउने र अत्यावश्यक सामानको भण्डारण गरेको गुनासो आएपछि उद्योग वाणिज्य संघ अछामले बजार अनुगमन गरेको हो ।

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्रबहादुर कडायतले हाम्रो बुलेटिनलाई दिएको जानकारी अनुसार कोरोना महामारिको प्रकोपलाई रोक्न जिल्ला प्रशासन कार्यालय अछामले गत आईतबार राति १२ बजेदेखि निषेधाज्ञा जारि गर्ने कुरा बैशाख १६ गते नै सूचना ना जारि गरेको थियो । प्रशासनले नागरिकको सहजताका लागि अग्रिम सूचना जारि गरेको र त्यसको प्रत्यक्ष लाभ लिने हेतुले केहि सिमित व्यापरिहरुले मनमानि तरिकाले मुल्य बढाएको आकलन छ ।

अनुगमनमा साँफेबगर नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, ईलाका प्रहरि कार्यालय साँफेबगरका ईन्चार्ज प्रहरि निरिक्षक सुरेन्द्र जोशी , जिल्ला ट्राफिक कार्यालय साँफेबगरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बिर बहादुर बिष्ट ,उद्योग वाणिज्य संघ अछामका सचिव कृष्ण बहादुर कुँवर, उद्योग वाणिज्य संघ अछामका सदस्य नृप बहादुर कुँवर, भिम बहादुर कुँवर, पत्रकार गिताँ कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया