Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पताल, जहाँ ५५ जना कोभिड संक्रमितको उपचार हुँदैछ । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

आकस्मिक कक्षका शय्या भरिभराउ भएपछि आधा दर्जन बढी बिरामीलाई ग्यालरीमा पनि राखिएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘अहिले ग्यालरी पनि भरिभराउ भएपछि अस्पतालको प्राङगणमै राखेर उपचार गरिरहेका छौँ ।’ मंगलबार रातिदेखि शंकास्पद बिरामीको संख्या बढेपछि अपस्तालको प्राङगणमै राखेर उपचार थालिएको उनले बताए । ‘आकस्मिक कक्ष, अस्पतालको ग्यालरी र प्राङगणमा उपचार भइरहेका सबै बिरामीमा कोभिडको लक्षण छ,’ सूचना अधिकारी श्रेष्ठले इकागजसँग भने, ‘उनीहरूको स्वाब संकलन पनि भइसकेको छ । रिपोर्ट नआउँदासम्म त्यहि उपचार हुन्छ । संक्रमण पुष्टि भए कोभिड अस्पतालमा सार्छौँ । नभए त्यहि उपचार गर्छौँ ।’

पछिल्लो समय कोभिड परीक्षणमा ढिलाई हुन थालेपछि रिपोर्ट कुर्दाकुर्दै संक्रमितले ज्यान गुमाउन थालेका छन् । सेती प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘अहिले कोभिड अस्पताल भन्दा बढी आकस्मिक कक्षमा रहेका बिरामीको ज्यान गइरहेको छ । मृत्युपछि उनीहरूमा कोभिड पुष्टि भइरहेको छ ।’

सुदूरपश्चिममा स्वाब दिएको पाँच दिनसम्म कोभिड रिपोर्टका लागि कुर्नुपर्ने बाध्यता छ । लक्षणसहितका गम्भीर प्रकृतीका बिरामीलाई कोभिड रिपोर्ट नआउँदासम्म आकस्मिक कक्षमा राखेर उपचार गर्ने गरिएको छ । यस्तै कोभिड भाइरसका संक्रमित र शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालले सार्वजनिक सूचना जारी गर्दै खाली र भरिएका अक्सिजन सिलिण्डर अस्पतालमा बुझाउन आग्रह गरेको छ । 

अस्पताल बिरामीले भरिभराउ हुन थालेपछि कैलालीको गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन स्थापनाको कार्य सुरु भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको जानकारी दिए । तत्काललाई ५ सय बेडको आइसोलेशन स्थापना गर्न लागिएको हो । त्यहाँ आइसोलेशन स्थापना भएर उपचारमा सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया