Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पताल, जहाँ ५५ जना कोभिड संक्रमितको उपचार हुँदैछ । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

आकस्मिक कक्षका शय्या भरिभराउ भएपछि आधा दर्जन बढी बिरामीलाई ग्यालरीमा पनि राखिएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘अहिले ग्यालरी पनि भरिभराउ भएपछि अस्पतालको प्राङगणमै राखेर उपचार गरिरहेका छौँ ।’ मंगलबार रातिदेखि शंकास्पद बिरामीको संख्या बढेपछि अपस्तालको प्राङगणमै राखेर उपचार थालिएको उनले बताए । ‘आकस्मिक कक्ष, अस्पतालको ग्यालरी र प्राङगणमा उपचार भइरहेका सबै बिरामीमा कोभिडको लक्षण छ,’ सूचना अधिकारी श्रेष्ठले इकागजसँग भने, ‘उनीहरूको स्वाब संकलन पनि भइसकेको छ । रिपोर्ट नआउँदासम्म त्यहि उपचार हुन्छ । संक्रमण पुष्टि भए कोभिड अस्पतालमा सार्छौँ । नभए त्यहि उपचार गर्छौँ ।’

पछिल्लो समय कोभिड परीक्षणमा ढिलाई हुन थालेपछि रिपोर्ट कुर्दाकुर्दै संक्रमितले ज्यान गुमाउन थालेका छन् । सेती प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘अहिले कोभिड अस्पताल भन्दा बढी आकस्मिक कक्षमा रहेका बिरामीको ज्यान गइरहेको छ । मृत्युपछि उनीहरूमा कोभिड पुष्टि भइरहेको छ ।’

सुदूरपश्चिममा स्वाब दिएको पाँच दिनसम्म कोभिड रिपोर्टका लागि कुर्नुपर्ने बाध्यता छ । लक्षणसहितका गम्भीर प्रकृतीका बिरामीलाई कोभिड रिपोर्ट नआउँदासम्म आकस्मिक कक्षमा राखेर उपचार गर्ने गरिएको छ । यस्तै कोभिड भाइरसका संक्रमित र शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालले सार्वजनिक सूचना जारी गर्दै खाली र भरिएका अक्सिजन सिलिण्डर अस्पतालमा बुझाउन आग्रह गरेको छ । 

अस्पताल बिरामीले भरिभराउ हुन थालेपछि कैलालीको गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन स्थापनाको कार्य सुरु भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको जानकारी दिए । तत्काललाई ५ सय बेडको आइसोलेशन स्थापना गर्न लागिएको हो । त्यहाँ आइसोलेशन स्थापना भएर उपचारमा सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया