Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बजारमा भैरहेको मुल्य बृद्धी र कोरोना को जोखिम बारे साँफेबगर का व्यापारी र सरोकार बाला बिच छलफल

बजारमा भैरहेको मुल्य बृद्धी र कोरोना को जोखिम बारे साँफेबगर का व्यापारी र सरोकार बाला बिच छलफल

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा व्यापारीहरुसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गर्नु भएको छ । किराना पसल खुल्ला भएका कारण कोरोनाको जोखिम थप बढेको र ब्यापारहिरुले मुल्य भन्दा दोब्बरमा दैनिक उपभोग्यका सामाग्री बिक्री गर्न थालेको भन्ने गुनासो आएपछि नगर प्रमुख कुँवरले व्यापारीहरुसग छलफल गर्नु भएको हो ।

नगर प्रमुख कुँवरले कोरोनाको कारण भयावह स्थीति सिर्जना भएको भन्दै सुरक्षित रहन स्वास्थ सुरक्षाका मापदण्ड अपनाउन र यो बिपदको बेला कालो बजारी नगर्न आग्रह गर्नु भयो । उहाले अहिले कोरोनाको कृया बस्नुपर्ने बेला भएकाले सबैसग दुरी बनाएर राख्नु पर्ने बताउनु भयो । स्वास्थ क्षेत्र पनी अस्तव्यस्त रहेका बेला अहिले स्वयम आफु ने सचेत सुरक्षित हुनुको बिकल्प नै नभएको बताउनु भयो । पन्त जनरल स्टोरका प्रोपाईटर सुरेशप्रसाद पन्तले धनगढीबाट नै मुल्य बढेर आएकाले सोहि अनुसार आफुहले समाग्री बिक्री गर्ने गरेको बताउनु भयो ।

उहाँले यस्तो संकटको घडिमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने र ब्यापारीमा पनी समाजसेवाको भावना हुनुपर्ने बताउनु भयो । उहाँले आफुसंग जति पनी दैनिक उपभोग्यका समाग्री छन् सबै सहजै उपलब्ध गराउने बताउनु भयो । छलफलमा सहभागि अन्य व्यापारीहरुले केहि दिनकोे लागी भए पनी पुरै बजार पुर्ण रुपमा बन्द गर्नुेपर्ने सुझाब दिएका छन् । छलफलमा उधोग बाणीज्य संघका पदाधिकारी,वडाअध्यक्षहरु,व्यापारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया