Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा संक्रमण तीव्र बनेको छ। अहिले दैनिक संक्रमण आठ हजार नाघेको छ।  

संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि दैनिक उकालो लागेको छ। वैशाख महिनाको मात्रै तथ्यांक हेर्ने हो भने पछिल्ला २२ दिनमा ४१७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। 

बुधबार (आज) एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा गरिएको पीसीआर परीक्षणबाट आठ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार ५५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो। वैशाख १ गते जम्मा तीन जनाको मृत्यु भएकामा त्यसयता लगातार मृतकको संख्या बढिरहेको छ। वैशाख महिनामा संक्रमित भएकामध्ये ०.५३ प्रतिशतको मृत्यु भएको तथ्यांक छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ। यो संख्या कूल संक्रमितको ०.९६ प्रतिशत हो। आजसम्म संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ।

कोरोनाको दोस्रो लहरमा पहिलो लहरमा भन्दा मृत्यु हुने संख्या बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। यसपटक अधिकांश बिरामीका लागि अक्सिजन आवश्यक पर्ने देखिएको छ। जसकारण अक्सिजन सिलिण्डरको अभाव भइरहेको छ।

त्यस्तै भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको चाप पनि उच्च बनेको छ। राजधानीलगायत देशभरकै अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू अभाव देखिन थालेसँगै कोरोना संक्रमितको उपचार थप जटिल बन्दै गएको मन्त्रालयले बताउँदै आएको छ।

प्रतिक्रिया