Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा संक्रमण तीव्र बनेको छ। अहिले दैनिक संक्रमण आठ हजार नाघेको छ।  

संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि दैनिक उकालो लागेको छ। वैशाख महिनाको मात्रै तथ्यांक हेर्ने हो भने पछिल्ला २२ दिनमा ४१७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। 

बुधबार (आज) एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा गरिएको पीसीआर परीक्षणबाट आठ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार ५५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो। वैशाख १ गते जम्मा तीन जनाको मृत्यु भएकामा त्यसयता लगातार मृतकको संख्या बढिरहेको छ। वैशाख महिनामा संक्रमित भएकामध्ये ०.५३ प्रतिशतको मृत्यु भएको तथ्यांक छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ। यो संख्या कूल संक्रमितको ०.९६ प्रतिशत हो। आजसम्म संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ।

कोरोनाको दोस्रो लहरमा पहिलो लहरमा भन्दा मृत्यु हुने संख्या बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। यसपटक अधिकांश बिरामीका लागि अक्सिजन आवश्यक पर्ने देखिएको छ। जसकारण अक्सिजन सिलिण्डरको अभाव भइरहेको छ।

त्यस्तै भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको चाप पनि उच्च बनेको छ। राजधानीलगायत देशभरकै अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू अभाव देखिन थालेसँगै कोरोना संक्रमितको उपचार थप जटिल बन्दै गएको मन्त्रालयले बताउँदै आएको छ।

प्रतिक्रिया