Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आफू चढ्ने गाडीलाई मेयर र उपमेयरले बनाए कोरोना संक्रमित बोक्‍ने एम्बुलेन्स

आफू चढ्ने गाडीलाई मेयर र उपमेयरले बनाए कोरोना संक्रमित बोक्‍ने एम्बुलेन्स

कोभिड १९ का बिरामीहरुको चाप अत्यधिक बढ्‍दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

'नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौं ' नगरप्रमुख बासुदेव घिमिरेले भने । घिमिरेले लु १ झ ३६० नंं र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नं को स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडीहरु  तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुने छन् ।

गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भईरहेको र बिहीबारदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईने प्रमुख घिमिरेले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्‍चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया