ताजा अपडेट
अछाममा १३ जनामा कोरोना संक्रमण पुष्टि सक्रमितको सख्या ६२२ पुग्यो
अछाम – जिल्लामा आज १३ जनाका कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ कार्यालय अछामका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।
सेती अस्पतालमा गरिएको परिक्षणमा साँफेबगर नगरपालिका ११ देविस्थानका २५ बर्षका पुरुष र २३ बर्षकी महीलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पञ्चदेव बिनायक नगरपालिकाका ११ जनामा आज कोरोना पुष्टी भएको हो ।
१४ जना मध्ये एक जनाको भने दोस्रो पटक पनी कोरोना पजेटिभ आएको हो । यो सगै जिल्लामा कोरोना सक्रमितको सख्या ६२२ पुगेको छ । भने निको हुनेको सख्या ३५९ पुगेको छ । आज रामारोशन गाउँपालिकाका १०१ जनाले आज कोरोनालाई जितेका छन् ।
२२६ जनाको पिसिआर रिर्पाेट आउन बाकी रहेको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनु भयो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया